Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दुलाहा दुलहीको भेषमा यस्तो देखिए साम्राज्ञी र जितु, दर्सकले भने परफेक्ट कप्पल !

Posted on January 8, 2023

डा. भोला रिजालका छोरा डा. कपिल रिजाल निर्देशित पहिलो फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा हाँसो र रोदनको दुईटा पाटोलाई देखाइएको छ । पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञी आरएल शाहसँग भेट पश्चात् आउने असोचनीय उतार-चढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

जितु पैसाका लागि आमाको जग्गा समेत बेच्न कसिएका छन् । तर, आमाले बिहे नगरेसम्म जग्गा बेच्न नमिल्ने कागजपत्र बनाएपछि जितु एक विज्ञापन पढेर पैसा कमाउन काठमाडौं झर्छन् । उता साम्राज्ञी जितुको पैसाप्रति आशक्ति देखेपछि प्रलोभन देखाउँछिन् । उनीहरुबीच बिहे पनि हुन्छ । तर, बिहेकै दिनबाट घटनाक्रम बदलिन्छ । फिल्मप्रति कौहुलता जगाउन सक्ने ल्याकत ट्रेलरमा छ ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता निर्देशक रिजाल स्वयं हुन् । उनी पेशाले दन्त चिकित्सक हुन् । फिल्मको ‘धरहरा हल्लियो’ गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् ।

फिल्ममा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् भने सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो । आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पारिवारिक कथावस्तुमा निर्माण भएको निर्देशक रिजाल बताउँछन् ।

Post Views: 165

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme