Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दुबईबाट रेमिट्यान्स पठाउन थालेको ६ वर्ष भयो, परिवारको लागि एउटा मोबाइल लैजान नपाउने ?

Posted on January 8, 2023

म अहिले रोजगारीको लागि यूएईको दुबईमा छु । ६ वर्ष भयो मलाई यहाँ काम गर्न थालेको । यो अवधिमा मैले महिनैपिच्छे घरमा पैसा पठाउँदै आएको छु । महिनामा ५५/६० हजार रुपैयाँ रेमिट्यान्स पठाउँछु । मैले मात्र होइन यसरी दैनिक हजारौँ नेपालीहरुले देशमा करोडौँ रेमिट्यान्स पठाउँछन् । तर बदलामा उनीहरुले के पाउँछन् त ? घरपरिवारका सदस्यको लागि एउटा माेबाइल पनि लिन पाउँदैनन् ।

आज मलाई नेपाल सरकारसँग केही भन्न मन लागेको छ । साँच्चै भन्नुपर्दा रिस उठेको छ । खासगरि मोबाइलको भन्सार लाग्ने सम्बन्धमा । हे नेपाल सरकार, किन हामी परदेशमा भएका नेपालीहरुलाई मात्रै दुःख दिन्छौ ? हामीले घरमा एउटा मोबाइल पनि लिन नपाउने ? श्रीमती, छोराछोरी, बुवाआमा, भाइबहिनीको रहर हुन्छ, राम्रो मोबाइल चलाउने । परदेशमा कमाएपछि केही सस्तो मूल्यमा यतैबाट एक मोबाइल लगिदिउँ भन्ने हाम्रो पनि चाहना हुन्छ । तर मोबाइल लिनै नपाउने ? त्यसमै भन्सार लाग्ने, यो कस्तो नियम कानुन हो सरकार ?

अब म घर आउन लागेको छु । उता घरमा श्रीमतीले भन्छिन, ‘यत्रो ६ वर्ष परदेशमा बस्नुभयो, मेरो लागि एउटा माेबाइल पनि ल्याइदिनु हुन्न ?’ महिनाको ५५/६० हजार रुपैयाँ कमाउन सक्नेले एउटा मोबाइल किनिदिन मलाई कुनै पनि समस्या छैन । तर मोबाइलको आधा रुपैयाँ जति त भन्सारमै तिर्नुपर्ने ! परदेशमा पसिना बगाएर देशको अर्थतन्त्र बलियो बनाउने परदेशीहरु खुसी भएका किन पच्दैन सरकार ? के परदेशमा पसिना बगाएर यसरी पठाएको रेमिट्यान्सले सरकारलाई पुगेन ?

आफूले चलाइरहेको माेबाइल बाहेक अरु माेबाइलमा भन्सार लाग्छ । यो सबै गर्नुभन्दा बरु सिधै केही पनि नलिएर आऊ भन्नु नि सरकारले । किन भन्सारको बहाना बनाउँछ ? आफूले चलाएको माेबाइल बाहेक एउटा माेबाइल त कमसेकम बिना भन्सार लान देउ । के परदेशीहरुले माेबाइल धेरै ल्याएको कारण देश विकास हुन नसकेको हो र ?

यो रिसले त लाग्छ, अब रेमिट्यान्स नै पठाउन बन्द गरुँ । बरु हुन्डीबाटै पठाइदिउँ । मेरो मात्र होइन यो आक्रोश परदेशमा बस्ने सबैको हो । जुन दिन नेपाल सरकारले यो नियम हटाएर आफूले प्रयोग गरिरहेकोबाहेक कम्तीमा एउटा माेबाइल बिना भन्सार लान पाउने नियम लागु गर्छ त्यो दिनबाट मात्रै सहि तरिकाले देश र सरकारको हित हुने गरि रेमिट्यान्स गर्छु ।

परदेशीहरुले पैसा जोगाउन निकै प्रयास गर्छन् । यहाँँ सस्तो माेबाइल फोन चलाउँछन्, ता कि घर जाने बेलामा एउटा राम्रो माेबाइल लान पाउँ भनेर । यो अवस्थामा हामी के गर्ने ? ठिक छ, धेरै माेबाइल लैजाँदा देशलाई घाटा हुन्छ । त्यसमा प्रतिबन्ध लागाउनु सहि छ । तर एउटा पनि लैजान नपाउने भन्ने नियमको म विरोध गर्दछु ।

Post Views: 152

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme