Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

ठमेलमा ‘केटी मिलाइदिने’ भन्दै तानातान गर्ने नुवाकोट, धादिङ, ललितपुर, सिन्धुली र बैतडीका ६ जना पक्राउ

Posted on January 8, 2023

काठमाडौं- ‘केटी मिलाइदिने’ भन्दै ठमेल क्षेत्रमा सर्वसाधारणलाई हैरानी गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। डान्सबारमा छिराइदिने र ‘केटी मिलाइदिने’ भन्दै है’ रानी गराउने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ का २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ का २२ वर्षीय विशेष थापा, नुवाकोटकै पन्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ,

सिन्धुलीको दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी छन्। उनीहरुले रातिको समयमा ठमेल क्षेत्रका डान्सबार तथा क्लबहरुमा छि’ राईदिने र यौ’ नजन्य कार्यकालागि ‘केटीहरु मिलाईदिने’

भन्दै सर्वसाधरणलाई है’ रानी दिने गरेको पाइएको काठमाडौं उप्त्यका अ’ पराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए। पक्राउ परकोहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट अ’ भद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।उता भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० का सन्तोष मण्डललाई पक्राउ गरेको छ ।

इन्डो ग्लोबल कन्सल्टेन्सीको सञ्चालक बताउने उनले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न पाइने भन्दै २७ वर्षका मण्डलले पीडितबाट पटक पटक गरी

८ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको अ’ पराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृृष्णप्रसाद कोइरालाले जानकारी दिए ।पुस २२ गते मीनभवनबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Post Views: 107

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme