Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन् !

Posted on September 23, 2022

नायक पल शाहमाथि छोरी ब ला त्का र को आरोपमा आफूले दिएको जाहेरी झुटो रहेको जाहेरवालाले बताएका छन्। बुधबार जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा उनले आफूलाई द’बाब दिएर जाहेरी दिन लगाइएको र पछि बुझ्दै जाँदा त्यो झुटो भएको थाहा भएको उनले बताएका हुन्।

दुई दिनअघि ना बा लि ग को बकपत्र गराउँदा पनि उनलाई साथै राखिएको थियो। उनकै संरक्षणमा ना बा लि ग को बयान गराइएको थियो। पी’डित ना बा लि ग ले पनि पल शाहले ब ला त्का र नगरेको बयान दिएकी थिइन्।

पल शाहको तर्फबाट बहस गरिरहेका एक अधिवक्ताले भने, ‘यसअघि सामाजिक सञ्जालमा आएका कुरालाई लिएर आफूमाथि केही व्यक्तिले द’बाब दिएको र द’बाबमा परेर जाहेरी दिएको पी’डितका बुबाले बताउनु भएको छ।’ उनका अनुसार जाहेरवालाले बयानमा भनेका छन्,

सामाजिक सञ्जालमा आएको कुरालाई लिएर मलाई द’बाब दिइयो। त्यस कारण जाहेरी दिन बाध्य भएको थिएँ। तर पछि बुझ्दै जाँदा यो झुटो भएको थाहा भयो। मैले पहिले दिएको जा’हेरी गलत हो। आज गरेको बयान सही हो।

पल शाह नि’र्दोष छन्। उनलाई स’जाय हुनुहुँदैन।’दुई दिन अघि ना बा लि ग ले पनि आफूमाथि ब ला त्का र नभएको बयान दिएकी थिइन्। जाहेरीमा भने पटक पटक विभिन्न मितिमा ब ला त्का र भएको उल्लेख थियो। जा’हेरी दिन पहिले दुई पक्षबीच छलफल समेत भएको थियो।

तर घटना छताछुल्ल भएको केही दिनपछि पी’डितको तर्फबाट जिल्ला अदालत तनहुँमा जाहेरी दर्ता गरिएको थियो।यता अडिओका बारेमा अदालतले गायक दुर्गेश थापालाई सोधेको छ।

मंगलबार बयानमा दुर्गेशले पनि उक्त अडिओको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले घटनाका बारेमा पनि केही थाहा छैन भनेको एक अधिवक्ताले जानकारी दिए।

‘अहिलेसम्म अदालतमा बयान गरिएका कसैले पनि घटना पुष्टि हुनसक्ने बयान दिनु भएको छैन। सबैले पल नि’र्दोष रहेको र कसैले आफूलाई थाहा छैन मात्रै भन्नु भएको छ’, उनले भने। तनहुँमा अन्य साक्षी र घटनासँग जोडिएका व्यक्तिको बकपत्र जारी छ।

तर पल शाहलाई भने बुधबार जिल्ला अदालत नवलपुरमा उपस्थित गराइने भएको छ। यसअघि थुनछेक आदेशकै क्रममा जिल्ला अदालत नवलपुरले उनलाई वैशाख ७ गते बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको थियो। यसअघि दुवै जिल्लाका अदालतले पल शाह निर्दोष नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए।

त्यतिबेला पी’डितले पनि पलले ब ला त्का र गरेको बयान दिएकी थिइन्। पलले दिएको बयानमाथि पनि अदालतले प्रश्न उठाउँदै नि’र्दोष छन् भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको थियो। तर पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत पोखरामा पल शाहले निवेदन दिएका छन्।

Post Views: 67

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme