Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अमेरिकामा कार दुर्घटनामा झापा घर भएका नेपालीभाषी बाबु छोराको निधन

Posted on January 9, 2023

अमेरिकाः अमेरिकामा भएको सडक दुर्घटनामा झापा घर भएका नेपालीभाषी बाबु छोराको निधन भएको छ ।

ओहायोमा तीन दिन अगाडि (जनवरी तीन तारिक) अस्पताल जाने क्रममा कार दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परि गोपिलाल न्यौपाने उनका छोरा रोनित न्यौपानेको निधन भएको हो।

नेपालमा झापाको बेलडाङ्गी क्याममा लामो समय बसेका गोपिलाल १९६६ मा भुटानमा जन्मिएका थिए। उनका छोरा रोनित भने १९९४ मा नेपालमा जन्मिएका हुन्।

गोपिलाले दुई फरक कम्पनीमा काम गर्दै आएका थिए। छोराले आफ्नै रेस्टुरेन्ट ब्यवसाय गर्ने चाहाना व्यक्त गर्दै आएका थिए। ‘भुटनीज न्यूज’ फेसबुक पेजमा जनाइए अनुसार दुबै जनाको अन्त्यष्टी नेपाली समय अनुसार शनिवार(आज) विहान १० बजे भएको छ ।

बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै भरत

जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौँको कारोबार गरिरहेका छन् ।

पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना चार÷पाँच खसी बिक्री गर्दै आएका छन् ।

उनले भने ,“बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।” उनका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् ।

“मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन, उनले भने, “बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चार÷पाँच बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।” निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनले बताए ।

Post Views: 168

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme