Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

रोनाल्डो र उनको प्रेमिकासँग रहेछ यति धेरै सम्पति

Posted on January 9, 2023

एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो आजभोलि साउदी क्लब अल नासर ए‍फसीमा अनुबन्धित हुँदा चर्चामा छन्। उनी सन् २०१६ देखि आफ्नी प्रेमिका जार्जिना रोड्रिगेजसँगै रहेका छन्। रोनाल्डो आफ्नो परिवारसँग समय बिताउन रमाउछन्। उनी जहिले पनि मैदानबाट टाढा रहँदा धेरै जसो आफ्नो परिवारसँग रहन्छन् ।

रोनाल्डोले जुन २०१८ बाट जुन २०१९ सम्म एक वर्षको अवधिमा विज्ञापनबाट नै ११० मिलियन डलर कमाएका थिए। उनको कुल कमाइ सधैं बढीरहेको हुन्छ। सन् २०१४मा उनको कुल कमाइ १५० मिलियन डलर थियो भने २०२२ मा बढेर ५०० मिलियन डलर पुगेको थियो।

यस्तै उनकी प्रेमिका जार्जियासँग कुल १० मिलियन डलर सम्पति रहेको छ। जार्जिया पेशाले एक मोडेल, नृत्यगांना र अभिनेत्री हुन्। २८ वर्षिय जार्जियासँग ट्रम्प टावरमा अपार्टमेन्टदेखि लिएर के ला फिन्काको ६.२ मिलियन डलरको लक्जरी भिलासम्मका विभिन्न प्रकारका अपार्टमेन्ट रहेका छन्।

रोनाल्डोको साथमा विश्वकै महंगो कारहरु पनि छन्। जसमा लेम्बोर्गिनी एवेंटाडोर र रोल्स रोयससम्म रहेका छन्। हालै उनको प्रेमिकाले उनलाई रोल्स रोयस उपहार पनि दिएकी छिन् । रोनाल्डोसँग एक निजि हवाइजहाज पनि छ। जसको मूल्य २०७ करोड भारतीय रुपैयाँ रहेको छ।

केहि समय पहिले पनि चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले क्रिसमसको शुभ अवसरमा आफ्ना प्रेमी रोनाल्डोलाई नयाँ रोल्स रोयस कन्भर्टेबल कार उपहार दिएकी थिईन। रोनाल्डोलाई उपहार दिइएको भिडियो जर्जिनाले इन्स्टाग्राममा सार्वजनिक गरेकी थिईन । भिडियोमा रोनाल्डो आफ्नो बच्चालाई काखमा बोकेर घरको अगाडिको गेटतर्फ हिँडिरहेको देख्न सकिन्थो ।

वरपर केही फ्यानहरू पनि जम्मा भएका छन् । गेट खुल्ने बित्तिकै प्रतिष्ठित फुटबलरको अनुहारमा आश्चर्य देखिन्छ। उनको प्रेमिका रोल्स रोयस कन्भर्टिबल (सम्भवतः द डन) को छेउमा उभिरहेकी छिन् जुन उपहार ढाँचामा बेरिएको छ। परिवार छिट्टै कारमा चढेर कन्भर्टेबलको छत खोल्दै गरेको देखिन्छ।

रोल्स रोयस डन एउटा कन्भर्टिबल कार हो जुन ठूलो ६.६ लिटर ट्विन–टर्बो ख्ज्ञद्द इन्जिनद्वारा संचालित हुन्छ जसले विशाल छटघ जउ र ठडण् ल्m पीक पावर र टर्क दिन्छ। यो इन्जिन ८ स्पीड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । भारी गाडी भए पनि, शक्तिशाली इन्जिनले यसलाई ४.३ सेकेन्डमा ०–९६ किमी÷घण्टाको गतिमा अगाडि बढाउँछ।

Post Views: 189

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme