काठमाडौं : सरकारले पुष २७ गते (बुधबार) सार्वजनिक विदा दिने भएको छ ।
नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै रकारका प्रवक्ता तथा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले पुष २७ गते पृथ्वी जयन्तीका दिन बिदा दिने निर्णय गरेको बताए ।
नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका सार्वजनिक बिदा दिन लागेको हो । सो दिन बैंक तथा वित्तीय संस्थाहरु शेयर बजार पनि बन्द हुने छ ।