Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अर्जेन्टिनाका लागि आयो अर्को नयाँ ठूलो खुसीको खबर

Posted on January 9, 2023

काठमाडौं।

विश्वविजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोली र उसका समर्थकका लागि एउटा ठूलो खुसीको खबर आएको छ। विश्वविजेता अर्जेन्टिनाले दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अर्जेन्टिनाले आगामी मार्चमा दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको भएको हो।

दुवै खेल घरेलु मैदानमा हुने अर्जेन्टिनी फुटबल संघले जनाएका छ। खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा हुने तय भए पनि प्रतिस्पिर्धी टोलीहरूबारे टुंगो लागेको छैन। अर्जेन्टिनाले गत महिना कतारमा विश्वकप जितेको थियो। त्यसयता मार्चमा पहिलोपटक अर्जेन्टिना मैदानमा उत्रने भएको हो।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २२औं विश्वकपको उपाधि उचालेको थियो। सुटआउटमा फ्रान्सलाई ४–२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। खेलको निर्धारित ९० मिनेट २(२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किँदा अर्जेन्टिनाले बाजी मारेको थियो। पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए। फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्दा किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो। फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्नबाट बन्चित बन्यो। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

Post Views: 85

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme