Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कोरियाले २०२३ को मध्यसम्म २६ हजार ७८८ जना मौसमी कामदार भित्र्याउने

Posted on January 9, 2023

दक्षिण कोरिया । दक्षिण कोरियाले २०२३ को मध्यावधी सम्म देशभरका १२४ स्थानीय तहमा २६ हजार ७८८ जना मौसमी कामदारभित्र्याउने भएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यो संख्या २०२२ मा तोकिएको १२ हजार ३३० जना भन्दा २.२ गुणा बढी हो ।

न्याय मन्त्रालय र कृषि खाद्य तथा ग्रामीण मन्त्रालय जस्ता सम्बन्धित मन्त्रालयको संयुक्त छलफलमा गत डिसेम्बर १३ तारिकको दिनमा सार्वजनिक गरेको निर्देशीकाले २०२३ को मध्यावधि सम्म २६हजार ७८८ जना मौसमी कामदार भिट्र्याउने भनेर पुष्टि गरेको हो ।
नोभेम्बर ३० सम्मको डाटालाई आधार मान्दा देशभरका ११४ स्थानिय निकायमा १९ हजार ७१८ जना मौसमी कामदार आवश्यकता रहेको पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म ९८ स्थानिय निकायमा ११ हजार ३४२ जना मौसमी कामदारहरु खटाईएको छ ।

२०२३ को लागि मौसमी कामदारको उमेर हदलाई परिवर्तन गरिएको छ । यस अगाडि ३० बर्षदेखी ५० बर्षकोले मात्रै आवेदन दिन पाउनेमा अबदेखी २५ बर्षदेखी ५० बर्ष सम्मकोले आवेदन दिन पाउनेछन ।

२०२२ मा ५ मुख्य स्थानमा ब्यबस्थापनको जिम्मे,दिईएकोमा यो बर्ष बढाएर ९स्थानलाई जिम्मेवारी दिइनेछ भने एक कम्पनी अथवा फर्मले बढिमा ५ जनासम्म मैसमी कामदार राख्न मिल्नेछ ।

२०२३ देखि २०२५ सम्मको लागि नेपाल प्रतिबन्ध पर्न सक्ने ।
मौसमी कामदारको रुपमा प्रवेश गरेर नियमको उल्लंघन गरेका देशहरुलाई कडाई गर्ने गरि अध्यागमन विभागले नियम जारी गरेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेर अध्यागमनको नियम उल्लंघन गरि तोकिएको समयमा घरफिर्ती नभएका तथा अवैधानिक रुपमा बसोबास गर्ने संख्याको आधारमा उक्त देशबाट कामदार नल्याउने गरि अगाडि बढेको देखिन्छ ।

जसमा उक्त बर्षमा आएका कुनै स्थानीय निकायका २० % भन्दा बढी कामदारहरुले अबैध बस्ने अथवा अध्यागमनको नियम उल्लंघन गरेको खण्डमा उक्त स्थानिय निकायलाई १ बर्ष सम्म मौसमी कामदार पठाउन नमिल्ने गरि प्रतिबन्ध लाग्नेछ त्यस्तै उक्त देशका सम्पुर्ण मौसमी कामदारको ५०% भन्दा बढी कामदारले मौसमी कामदारको नियम तथा अध्यागमनले जारी गरेको नियम उल्लंघन गरेको खण्डमा

मौसमी कामदार पठाउने देशलाई १ बर्षसम्म प्रतिबन्ध लाग्नेछ भने सम्पुर्ण कामदारको ७०% भन्दा बढी मौसमी कामदारले अध्यागमनको नियम उल्लंघन गरेका मौसमी कामदार पठाउने देशलाई ३ बर्षसम्म मौसमी कामदार पठाउन प्रतिबन्ध लाग्छ ।

तर पनि मौसमी कामदारमै आएर फर्किएका इमान्दार कामदारलाई र कोरियन संग बिबाह गरेका आफन्त तथा परिवारको हकमा भने यो नियम लागू हुँदैन ।

एउटा संचार माध्यमलाई आधार मान्ने हो भने एकपटक नेपालबाट आएका ८०% मौसमी कामदारहरु अवैध रुपमा बसेको भन्ने आएको थियो । त्यसैले गर्दा मौसमी कामदारमा नेपाललाई ३ बर्ष प्रतिबन्ध लगाएको भन्ने आधार रहेको छ ।तर आधिकारिक सुचना प्राप्त गर्न सकिएको छैन ।

नेपालले मौसमी कामदारको रुपमा अन्य देश पठाउदा स्थानिय निकायले मात्रै पठाउने र पुर्ण शून्य लागतमा पठाउने गरि ब्यबस्था गरेको छ भने कोरियाले पनि सिधै स्थानिय निकायसंग मात्रै कामदार लिने गर्दछ ।

नेपालमा कुनै पनि दलाल बिचौलियाको भर नपरी आफू बसेको स्थानिय निकायमा कोरिया कामदार पठाउने सम्झौता भए नभएको स्पष्ट बुझेर मात्रै मौसमी कामदारको पछाडि लाग्नुहोला । कुनै पनि दलालले भनेको भरमा कोरिया आउन पाईने होइन ।

Post Views: 111

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme