Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पार्लर नगई अनुहार चम्काउन चाहानुहुन्छ ? उसोभए यी ६ घरेलु तरिका अपनाउनुहोस्

Posted on January 10, 2023

काठमाडौँ। अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ।

यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ।यस्ता छन् अनुहारमा चमकता ल्याउने घरेलु उपायः

दही र बेसारको फेस प्याक
एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ।

मह र बेसार
गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ।

आलु र दहीको प्याक
एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ।

मह र पानी
दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गाजर र मह
गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ।

चन्दन, दही र दुध
थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ।

Post Views: 318

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme