Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

गाउँमा घाँस काट्न छाडेर भागेर सहर पसेकी अन्जली अहिले व्यस्त मोडल, यस्तो छ उनको गाउँले कथा

Posted on January 10, 2023

युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिनयपछि चर्चामा आएकी थिइन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छन् ।

अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि नेपाली लोकदोहोरी गीत सुन्दैन भनेर ठोकुवा गरे हुन्छ । अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो ।

उक्त महोत्सवमा बद्री पंगेनी शङ्कर बिसी पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।

त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु। बद्रीले गीत गाउन सुरु गरे ।

अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए अरु सहभागीहरु थाके । तर अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् ।

त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले हुन्छ भन्ने आश्वसन त्यही कार्यक्रम दिएका थिए । कलाकार बन्ने ठुलो समपना बोकेर त्यही अनुरुप एसएलसीपछि भागेर काठमाडौं पुगिन ।

पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर परिवारमा आमाको मात्र समर्थन थियो । बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो उनी सम्झन्छिन् ।

उनी काठमान्डौ पुगेर बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन् हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो । भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् ।

दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए ।

बद्री र मिरा गिरीको स्वरमा रहेको खर बारीमा बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् ।

स्टेज र क्यामेरामा नाच्च फरक रहेछ अन्जली भन्छिन्, आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ । बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो ।

त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो । त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए ।

उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् ।गीतमा डुबेर रोएपछि उनलाई लाग्यो म यो गीत गर्न सक्छु ।त्यसपछि उनले प्रकाशलाई फोन गरिन् दाइ म यो भिडियो गर्छु । सारङ्गी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो ।

Post Views: 415

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme