Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रेमीको जन्मदिनमा पूजा लेख्छिन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं, जुन भगवानले मलाई दिनुभएको छ’

Posted on January 10, 2023

विगत २ वर्षदेखि अभिनेत्री पूजा शर्मा व्यवसायी युद्ध बानियाँको प्रेम सम्बन्धमा छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजपछि प्रेम सम्बन्धलाई खुलाउन थालेकी उनले आइतबार परेको युद्धको जन्मदिनमा सामाजिक सञ्जालमार्फत् आफ्नो मनको भाव व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राममा युद्धसँगको केही तस्बिर राख्दै आफूले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपहार भनेकी छन् ।

उनले लेखेकी छन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं, जुन भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरी माया गर्छु । तिमी मेरो जीवनमा तब आयौं जब म पूरै टुटेको थिएँ । तिमी मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुशीको कारण हौं ।’ उनको यो पोस्टको कमेन्टमा युद्धलाई ‘ज्वाईंसाब’ भन्दै नायिका श्वेता खड्काले जन्मदिनको शुभकामना दिएकी छन् ।

प्रेम सम्बन्ध सार्वजनिक गरेपछि पूजा युद्धलाई लिएर सार्वजनिक कार्यक्रममा पनि पुग्ने गरेकी छन् । तर, उनी युद्धलाई मिडियाबाट भने टाढै राख्छिन् । यसै वर्ष विवाहको योजनामा रहेको यो जोडीले झम्सिखेलमा ठूलो लगानीमा रेस्टुरेन्ट सञ्चालन गर्दैछ, जसको अहिले अन्डर कन्स्ट्रक्सनको काम चलिरहेको छ । रेस्टुरेन्ट सञ्चालनपछि मात्र उनीहरु विवाहको तयारीमा जुट्ने स्रोत बताउँछ ।

जिम प्रेमी युद्ध बानियाँ जिम गर्नेहरुका लागि पौष्टिक तत्वका सामनाहरु विक्री गर्ने गर्दछन् । उनले इन्स्टामा आफूलाई मोडलको रुपमा समेत परिचय दिएका छन् । पूजा र युद्धको एक पारिवारिक सदस्यको माध्यमबाट भेटघाट र चिनजान भएको हो । युद्धले औंठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए । युद्धले प्रेम प्रस्ताव राखेको तस्बिर पनि पूजाले इन्स्टाग्राममा राखेकी छन् ।

Post Views: 278

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme