Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अन्ततः रोनाल्डोले गर्ने भए अल-नासरमा डेब्यू, सम्भावित मिति नै बाहिरियो !

Posted on January 10, 2023

एजेन्सी – सन् २०२२ को अन्त्यमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सबैलाई चकित पार्दै साउदी अरेबियन क्लब अल-नासरमा आवद्ध भए। त्यसको केहि दिन पछि रोनाल्डो साउदी पुगे।

रोनाल्डो विश्वकै उच्च पारिश्रमिकमा साउदी क्लबमा आवद्ध भएका हुन्। साउदी क्लबले गत साता मात्रै रोनाल्डोलाई एक कार्यक्रममा बीच भव्य स्वागत पनि गर्यो। रोनाल्डोलाई स्वागत गरिएको पूरा विश्वले हेरेको थियो।

केहि दिन रोनाल्डोको नाम साउदी क्लबमा दर्ता हुन सकेन। तर एक विदेशी खेलाडीलाई हटाएसँगै रोनाल्डोको नाम साउदी लिगमा दर्ता भइसकेको छ। यससँगै रोनाल्डोका लागि साउदीमा खेल्ने बाटो खुलेको छ। साउदी क्लब अल नसरमा कीर्तिमानी मूल्यमा अनुबन्धन भएका रोनाल्डोले कहिले डेब्यू गर्लान् भन्ने प्रतिक्षामा विश्वभरका उनका समर्थक रहेका छन्।

कीर्तिमानी रकममा साउदी अरेबियाको क्लब नासर पुगेका रोनाल्डो माथि दुई खेलको प्रतिवन्ध छ। इंग्लिस फुटलब एसोसिएसनले केहि समय अगाडी उनलाई दुई खेलका लागि प्रतिवन्ध लगाएको थियो।

उनलाई नोभेम्बरमा एभर्टन समर्थकको मोबाइल फुटाइदिएको घटनामा दोषी पाइएको थियो। उनले दुई खेल प्रतिबन्धका कारण आगामी १४ जनवरीमा पनि अल सबाबविरुद्धको खेलमा डेब्यू गर्न पाउने छैनन्।

त्यसको एक साता भन्दा बढी समय पछि अल-नासरएल अल इतिफाकविरुद्धको सामना गर्नेछ। सो खेलमा भने रोनाल्डोले डेब्यू गर्न सक्छन्। जनवरी २२ मा रोनाल्डोले डेब्यू गर्न सक्ने उच्च सम्भावना रहेको साउदीका खेल मिडियाहरुले पनि जनाइरहेका छन्।

जनवरी २२ मा हुने साउदी प्रो लिगको खेलमा अल इतिफाकविरुद्ध खेल्नु भन्दा अगाडी अल-नासरले पेरिस सेन्ट जर्मेइन (पिएसजी)सँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। सो खेलमा रोनाल्डो हुने नहुने भन्ने बार कुनै पनि खबर बाहिर आएको छैन। सो खेलमा रोनाल्डो खेल्ने सम्भावनालाई नकार्न सकिँदैन।

कस्तो छ साउदी प्रो लिगमा अल नासरको खेल तालिका

१४ जनवरीमा अल सबाबविरुद्ध खेलेपछि अल-नासरले जनवरी २२ मा अल इतिफाकविरुद्ध खेल्नेछ। त्यस्तै अल-नासरले अल इतिहादविरुद्ध २५ जनवरी र अल फतेहविरुद्ध ३ फेब्रुअरीमा खेल्नेछ। यस्तै अल वेह्दाविरुद्ध ९ फेब्रुअरीमा अल-नासरको सामना हुनेछ।

Post Views: 127

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme