काठमाडौं। सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको मंगलबार जारी सूचनामा उल्लेख छ।
वाग्मतीमा मन्त्रायलको संख्या घट्ने
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउने निर्णयमा हस्ताक्षर गरेका छन् । मंगलबार पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।
मन्त्रालयको संख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।
मुख्यमन्त्री जम्कट्टेलले जनगुनासोलाई सम्बोधन गर्दै प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको बताए ।