Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार, खर्च ५० हजार, तलब दुई लाख

Posted on September 23, 2022

सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार, खर्च ५० हजार, तलब दुई लाख

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन।

त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। उनीहरू सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीमा गएका थिए।

त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै भएको थियो। सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन।

व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन्। यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरुष छन्।

यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।

सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो। श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो।

म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ। वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार

दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ। कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला भएको बताए।

Post Views: 79

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme