राडरले यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको ट्रान्सपोन्डरमा समस्या भएको पुस्टि गरेको छ।
सामाजिक संजाल ट्वीटरमा पोस्ट गर्दै उसले यस्तो जनाएको हो। “यसमा संलग्न विमान १५ वर्ष पुरानो एटीआर ७२-५०० रजिष्ट्रेसन नम्बर ९ एन-एएनसी र सिरियल नम्बर ७५४ हो । यो विमान अविश्वसनीय डाटा संग पुरानो ट्रान्सपोन्डर संग सुसज्जित थियो। हामी उच्च रिजोल्युसन डाटा डाउनलोड गर्दै र डाटा गुणस्तर प्रमाणीकरण गर्दैछौं।” पोस्टमा भनिएको छ।
फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !
viber फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !
ट्रान्सपोन्डर एउटा यन्त्र हो जुन विमानमा स्थापित हुन्छ र हवाई ट्राफिक नियन्त्रण रडार प्रणालीहरूमा स्वचालित रूपमा विमानको पहिचान, स्थिति र अन्य जानकारी पठाउन प्रयोग गरिन्छ। यो जानकारी एयर ट्राफिक कन्ट्रोलरहरूले विमानको उडान ट्र्याक गर्न र व्यवस्थापन गर्न प्रयोग गरिन्छ, र विमानहरू बीचको टक्कर रोक्न मद्दत गर्न पनि प्रयोग गरिन्छ। ट्रान्सपोन्डरहरू अन्य विमानहरूमा जानकारी पठाउन पनि प्रयोग गर्न सकिन्छ, जस्तै मौसम जानकारी वा टर्ब्युलेन्स फ्लाइट राडरले पत्ता लगायो विमानको यान्त्रीक त्रुटि , तनहुमै टुटेको थियो कनेक्सन !
जहाज पोखरामा पुगेर दुर्घटना भएपनि ट्रान्सपोन्डरले तनहुसम्मको मात्र सिग्नल दिएको छ। ट्रान्सपोन्डरले दिएको सिग्नलपनि विस्वासगर्न लाएक नरहेको कम्पनीले जनाएको छ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए ।