Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

साँझ ४ बजे खाना खान आउने श्रीमतीसँग वाचा गरेका पाईलट केसी कहिलै नफर्कने गरी विलाए

Posted on January 17, 2023

आइतबार बिहान पोखरामा दु’ र्घटना भएको यती एयरलाइन्सका पाइलट कमल केसी घरबाट निस्किने वेलामा साँझको खाना खान आउने भन्दै हिडेका थिए। काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिका इटालीटार घर भएका उनले साँझ ४ बजे आफु आइपुग्ने भन्दै श्रीमतीलाई खाना बनाएर राख्न अह्राएको पाईएको छ।

जहाज ‘ल्यान्ड’ गरेपछि सधै श्रीमती शिलालाई फोन गर्ने केसीले आइतबार भने फोन गरेनन्। साँझको खाना खाने बाचा गरेर उडान भर्न निस्किएका केसी कहिल्यै नफर्किने गरि आकाशमै हराए । एकाएक पोखरामा यती एयरलाइन्सको जहाज दु’ र्घटनामा परेको खबर बाहिरियो ।

यो खवर श्रीमतीको कानमा पनि पर्यो। यतिबेला परिवार शो’ कमा छ । वृद्ध अवस्थामा रहेका आमाबुबा अचेत छन्। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दु’ र्घटनामा परेको छ ।दु’ र्घटनामा चालक दलका सदस्यसहित ७२ जना परेका थिए त्यसमध्ये तीन जनाबाहेक बाँकी ६९ जनाको श’ व फेला परेको छ ।

तीन जनाको खोजी जारी छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको जहाज बिहान १० बजेर ३२ मिनेटमा उडेको थियो । दुर्घटनाग्र’ स्त जहाजका पाइलट ६० वर्षीय केसी थिए भने को पाईलट अञ्जु खतिवडाले थिईन। अमेरिकाबाट पाइलट अध्ययन गरेर नेपाल आएका केसी ०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाउँदै आएका थिए।

केसीका दुई छोरा र श्रीमती छन् । कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा २०१९ सालमा केसीको जन्म भएको थियो ।उनका आमाबुबा कास्कीमै बस्छन् । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण केसीले नै गराएका थिए ।

यो पनि – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको जनाएको छ ।प्राधिकरणले आज साेमवार विज्ञप्ति निकालेर पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दु’ र्घटनालगत्तै नेपालमा सञ्चालित सबै एटीआर–४२ र

एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरेको र परीक्षणका क्रममा कुनै पनि त्रुटि नभेटिएको जानकारी गराएको हो ।नेपालका सबै वायु सेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानअघि गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षणजस्ता कामहरु

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायु यान निर्माता कम्पनीको मापदण्डअनुसार हुने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।यति एअरलाइन्सकाे विभान दु’ र्घटनालगत्तै हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

Post Views: 441

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme