Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पोखराको कन्सर्ट रद्द गर्दै मेलिना राईले भनिन्- मेरो भित्री आत्माले त्यहाँ कार्यक्रम गर्न दिएन

Posted on January 17, 2023

काठमाडौं । ७२ जनाको ज्यान जाने गरी भएको यती एयरको विमान दु,र्घटनापछि कलाकारहरुले पोखरामा र आसपासका क्षेत्रमा मनोरञ्जनसम्बन्धी कार्यक्रम तत्काललाई स्थगित गर्न थालेका छन् । जिल्ला-जिल्लामा महोत्सव र मेलापर्वको सिजन भए पनि कलाकारले तत्काल कार्यक्रममा जान अरुचि देखाएका हुन् ।,,,,,,,,,,,,

गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन् । आफ्नो प्रतिष्ठा र भित्री आत्माले पोखरा पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै मेलिनाले पोखरा महोत्सवमा आफ्नो उपस्थितिलाई स्थगित गरेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा दुःखद् घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ । मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्‍यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु ।’

विमान दु,र्घटनामा लोकगायिका नीरा छन्त्याल र गिटारिस्ट निशान्त आचार्यको निधन भएको छ । नीराले सांगीतिक प्रस्तुति दिने छन्त्याल समाजको कार्यक्रम विमान दुर्घटनापछि रोकिएको छ । पोखराबाट सांगीतिक करिअर थालेका गायक तथा संगीतकार योगेशकाजीले पनि भावनात्मक कारणले कलाकारले तत्काल मनोरञ्जनात्मक कार्यक्रम गर्न असहज भएको बताए ।

कलाकारले विमान दु,र्घटनाप्रति दुःख व्यक्त गर्दै मृ,तकमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् भने थोत्रा जहाजलाई उडानमा रोक्न पनि सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् । चलचित्र निर्माता संघले त सुरक्षित उडानको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरिसकेको छ ।

Post Views: 2,251

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme