Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अझै फेला परेनन् चोभारमा कार खस्दा बेपत्ता भएका पुरूष

Posted on January 17, 2023

चोभारमा बागमती किनार कार खस्दा बेपत्ता भएका पुरूषको खोजी जारी छ।

सोमबार साँझ खोकनातर्फ जाँदै गरेको कार किनारमा खसेको थियो। बा ५ च ५६५४ नम्बरको कार खस्दा एक महिला घाइते भएकी थिइन्।

एक जना पुरूष भने बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।

उनका अनुसार अहिले विपद्को टोलीले बेपत्ताको खोजी गरिरहेको छ। प्रहरीले र्‍याफ्टिङ गरी बेपत्ता भएको हुनसक्ने सम्भावित ठाउँमा खोजी गरिरहेको ट।

बेपत्ता हुनेमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने अन्दाजी ४७ वर्षीय राजकुमार खत्री छन्।

यस्तै उनकी श्रीमती अम्बिका लामिछाने खत्री घाइते छिन्। कार दुर्घटना भएपछि प्रहरीले उनको उद्धार गरी बल्खुस्थित बयोधा अस्पतालमा पुर्‍याएको थियो।

उनी बोल्न सक्ने अवस्थामा छिन्। उनले नै श्रीमानसँगै कारमा सवार रहेको बताएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो।

प्रहरीले गएराति नै बागमती नदी किनारमा खसेको कार क्रेनको मद्दतले निकालिसकेको छ। उक्त कारलाई प्रहरी प्रभाग भैसेपाटीमा राखिएको छ।

Post Views: 336

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme