काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्यालको निधन भएको छ । बाग्लुगंकी छन्त्याल पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उेडकी थिइन् । उनले फेफेुबुकमा तस्विर सार्वजनिक गर्दे स्टाटसल लेखेकी थिइन् ।
गायिका निराले काठमाडौंबाट जहाज चढ्नु अघि बागलुङ घरमा फोन गरेर म पोखरा आउँदैछु ममि भनेकी रहेछ । तर, पोखरा आकाशमै अस्ताइन् लोकदोहोरी गायिका निरा छन्त्याल । उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार)का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन । उड्नु अघि बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् ।
उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ अहिले उनी दुर्घटना परेको खबरसँगै उनका शुभचिन्क र फ्यानहरु दुखी भएका छन् । उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् ।
विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आज बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको हो । ‘माइतीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिनुभएकी गायिका छन्त्याल माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन आज बिहान काठमाडौँदेखि पोखरा जादै थिइन् ।
उक्त दुर्घटनासँगै नेपाली लोकसङ्गीत क्षेत्रले प्रतिभावान् कलाकार गुमाएको छ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी छन्त्याल पछिल्लो समय चर्चामा थिइन् । कलाकार टिका सानुले नेपाली लोक साङ्गीतिक क्षेत्रले अत्यन्त इमान्दार र मेहनती कलाकार गुमाउनुपरेको बताईन । छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत प्रत्यक्ष दोहोरीसमेत गाउने थिइन् ।
सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल केही वर्षअघि काठमाडौँ छिरेकी थिइन् । गायनमा सफल हुँदै गएपछि उनको व्यस्तता पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन् । गायक राजु परियारले गायिका छन्त्यालको निधनले नेपाली लोक दोहोरी गीत क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख गरेका छन् ।