Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

१२ जना मन्त्री र तीनजना राज्यमन्त्रीले शपथ लिँदै

Posted on January 17, 2023

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिमण्डल विस्तार गर्दै छन्। सत्ता साझेदार दलहरू माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आज १२ जना मन्त्री र तीनजना राज्यमन्त्रीले शपथ लिँदै छन्।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण राष्ट्रपति भवन शीतल निवासमा हुँदै छ। माओवादीले तीन मन्त्रालय पाएको छ। माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका हुन्।

माओवादी केन्द्रबाट सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्दै छिन्। माओवादी केन्द्रबाट यसअघि नारायणकाजी श्रेष्ठ मन्त्री बनिसकेका छन्। उनले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेकपा एमालेबाट थप चारजना मन्त्री बन्दै छन्। एमालेबाट डा. विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय र भगवती चौधरीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

यसअघि एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ज्वालाकुमारी साह, कृषि, दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजेन्द्र राईले शपथ लिइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुईजना मन्त्री र एकजना राज्यमन्त्रीको टुंगो लगाएको छ। रास्वपाबाट शिशिर खनाल, शिक्षा र डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री बन्दै छन्। यस्तै रास्वपाबाट डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै छिन्। रास्वपाबाट यसअघि सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री भइसकेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देनको नेतत्वमा सरकारमा सहभागी हुँदै छ। राप्रपाबाट अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रुव प्रधान कानूनमन्त्री बन्दै छन्। साथै राप्रपाका दीपकबहादुर सिंह शहरी विकास राज्यमन्त्री बन्दै छन्।

जनमत पार्टीका अब्दुल खान पनि मन्त्री नियुक्त भइसकेका छन्। उनले मन्त्रालयको जिम्मेवारी पाइसकेका छैनन्। सम्भवतः उनले आजै मन्त्रालयको जिम्मेवारी पाउनेछन्।

Post Views: 244

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme