Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

श्रीमानको बिमान दुर्घटनामा निधन भएपछी पाइलट पढेकी अन्जुको पनि बिमान दुर्घटनामा निधन!

Posted on January 17, 2023

आइतबार बिहान पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दु’ र्घटनामा परेको छ। काठमाडौंबाट उडेको उक्त जहाज अवतरणका लागि अनुमति लिइसकेपछि विमानस्थलभन्दा दुई किलोमिटर पर दु’ र्घटनामा परेको हो। ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए।

चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए। कोपाइलट अञ्जुले जहाज दु’ र्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी थिइन्। विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्।

सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दु’ र्घटनामा उनका श्रीमान् दीपक पोखरेलको नि’ धन भएको थियो। विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको नि’ धनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

‘उहाँ का बुवाले पहिला ज्वाइँ पनि जहाज दुर्घटनामा बित्नुभयो, आज छोरीको पनि दु’ र्घटना भयो भन्नुभयो,’ न्यौपानेले भने। उनको दु’ र्घटनामा ज्यान गुमेको छ । अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्।

स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

दु’ र्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको श’ व फेला परेका छ। ‘३० वटा शव निकालेर अस्पताल पुर्‍याइसकेका छौं। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेका छौं,’ केसीले भने, ‘तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ।’

Post Views: 547

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme