पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्यालको नि’धन भएको छ । बाग्लुगंकी छन्त्याल पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उेडकी थिइन् । उनले फेफेुबुकमा तस्विर सार्वजनिक गर्दे स्टाटसल लेखेकी थिइन् । गायिका निराले काठमाडौंबाट जहाज चढ्नु अघि बागलुङ घरमा फोन गरेर म पोखरा आउँदैछु ममि भनेकी रहेछ । तर, पोखरा आकाशमै अस्ताइन् लोकदोहोरी गायिका निरा छन्त्याल ।
उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार)का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् । विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोखराको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घ”टनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन । उड्नु अघि बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् ।
उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ अहिले उनी दु”र्घटना परेको खबरसँगै उनका शुभचिन्क र फ्यानहरु दुखी भएका छन् । उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आज बिहान पोखरामा भएको जहाज दु”र्घटनामा नि’धन भएको हो ।
आइतबार पोखरामा यती एयरलायन्सको जहाज दु”र्घटनामा परी मृ”त्यु भएका केही व्यक्तिको श”व आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।
“हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी श”व परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य श”व लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ । शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिनुभयो ।