Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

धेरै पछी पल शाहको अनुहारमा आज देखिएको खुशी

Posted on January 17, 2023

बालिका ब’ लात्का’ रको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले ब’ लात्का’ रको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।जिल्ला अदालत तनहुँबाट बाहिरिदै गर्दा कालो क्याप, कालो ज्याकेट लगाएका पल ले नमस्कार गर्दा आफ्ना समर्थकलाई धन्यबाद दिएका थिए ।आउनाले केहि समर्थक संग हात मिलाउदै अंकमाल समेत गरेका थिए ।

एक बालिकालाई ब’ लात्का’ र गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई ब’ लात्का’ र मुद्दामा सफाइ दियो भने बाल यौ’ न दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुने छैनन् । हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।पीडित भनिएकी ना’ बालि’ काले ब’ लात्का’ रको जाहेरी दिएपनि अदालतले लिएको बकपत्रमा भने आरोप झुटा भएको बताएकी थिइन् ।

ती बालिकाले शाहले तनहुँ र नवलपुरमा गरि दुई ठाउँमा ब’ लात्का’ र गरेको बताएपछि बेग्लाबेग्लै अनुसन्धान भएर दुई फरक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । नवलपुर जिल्ला अदालतले ज’ बर्ज’ स्ती क’ रणी’ को अभियोग आएपनि बाल यौ’ न दु’ र्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो।

शाह करिब एक वर्षयता थुनामा छन् । पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले ब’ लात्का’ र मुद्दामा शाहलाई सफाइ दिएको थियो। पीडित होस्टाइल भएपछि नवलपुर अदालतले पललाई क’ रणी’ को मुद्दामा सफाइ दिएको थियो भने बाल यौ’ न दुरुपायोगको मुद्दामा दोषी ठहर गरी सजाय सुनाइएको थियो।

नवलपुर जिल्ला अदालतले भदौ २१ गते फैसला गरेको थियो। पलविरुद्ध ११ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा ब’ लात्का’ रको जाहेरी परेको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेपछि उनी थुनामा पुगेका थिए। पीडित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटलमा पनि ब’ लात्का’ र गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो।

मुद्दाको थुनछेक बहसपछि दुवै जिल्ला अदालतबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ ।

तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउँदै यसमा चित्त नबुझे सरकार पक्ष उच्च अदालतमा जान सक्ने बताए। पीडित पक्ष भने उच्च अदालत जाने सम्भावना छैन। उनीहरुले यसअघि नै पल निर्दोष रहेको बयान दिइसकेका छन्। फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने अदालतले जनाएको छ।

Post Views: 4,202

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme