Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

विमान दुर्घटनामा निधन भएकी लोकगायिका निरा छन्त्याललाई यसरी बिदा गरियो ! तस्बीर सहीत

Posted on January 17, 2023

माघी मनाउन पोखरा गएकी लोकगायिका विमान दुर्घटनामा परिन्
पोखरामा अस्ति बिहान दुर्घटनामा भएको यति एयरको विमानमा लोकगायिका निरा छन्त्याल पनि रहेको खुलेको छ । ६८ जना यात्रुमध्ये गायिका छन्त्याल पनि सोही विमानमा माघी पर्व मनाउको लागि पोखरा गएकी थिइन् । यति एयरलाइन्सले उपलव्‍ध गराएको यात्रुहरूको नामावलीमा उनको नामपनि समावेश छ ।

गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान लागेको समेत जानकारी गराएकी थिइन्। ‘‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेकी थिइन्। उनले आज बिहान फेसबुकमार्फत माघे सङ्क्रान्तिको शुभकामना समेत व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन्। दुर्घटनापछि गायिका निराको अवस्था खुलेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाज वरिष्ठ पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले प्लेन उडाएका थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Post Views: 2,320

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme