Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

फेसबुकमा लाइभ गर्ने जयसवाल दुई छोरी जन्मिएपछि छोरा जन्माउन गरेको भाकल पुरा भएपछि पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका थिए!

Posted on January 17, 2023

आइतबार पोखरामा भएको यती विमान दुर्घटनामा मृत्यु भएकामा ५ भारतीय पनि छन्। उनीहरूमध्ये चारजना उत्तर प्रदेश गाजीपुरका बासिन्दा थिए। भारतीय सञ्चार माध्यमहरुले मृतक पाँच भारतीयमध्ये चारजनाको बारेमा मात्र जानकारी दिएको थियो । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाँच भारतीयमध्ये अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर र सोनु जैसवाल छन्।

उनीहरू सबैको उमेर २५ देखि ३० वर्षसम्म रहेको बताइएको छ। उनीहरु सबै उत्तर प्रदेशको गाजीपुर जिल्लाका बासिन्दा थिए। तर, पाँचौं मृतक सञ्जय जैसवाल भने उनका सुत्केरी दिदी नितु जैसवाल लाई भेट्न पोखरा आएका रहेछन । नितु अप्रेसनमार्फत सुत्केरी भएर अस्पतालको बेडमा छिन् भने सञ्जय आइतबार भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएर प्रहरीले अस्पतालको पोष्टमर्टम भवनमा राखेको छ।

सुत्केरी भएर अस्पतालमा बसेकी नितुलाई भाइ पोखरा आएर अस्पतालकै अर्को भवनमा मृत अवस्थामा रहेको थाहा छैन। दिदी नितुलाई भेट्न काठमाडौंबाट पोखरा उडेका सञ्जयले पोखरामा दिदीलाई भेट्न पाएनन्। भारतबाट परिवारले काठमाडौं बसेका सञ्जयलाई फोन गरेछन्। पोखरामा दिदी सुत्केरी हुन लागेको बताएछन्। त्यसपछि सञ्जयले पोखरा गएका रहेछन।

यता, फेसबुकमार्फत लाइभ गर्ने अर्का सोनू जयसवाल यतिबेला चर्चामा छन् । उक्त भिडियोलाई भारतीय सञ्चार माध्यमहरुले सत्य भएको दावी गरेका गरेका छन् भने यती एयरलाइन्स तथा नागरिक उड्डयन प्राधिकरणले भने उक्त भिडियोलाई फेक भनेका छन् । उनी काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि नेपाल आएका भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

तीन सन्तानका पिता उनले अर्को छोरा जन्मियोस् भनेर प्रार्थना गर्न पशुपतिनाथ गएका थिए। करिब छ महिनाअघि उनले छोरा जन्माउन गरेको भाकल कामना पुरा भएकोमा उनी पशुपतिनाथ मन्दिरको दर्शन गर्न काठमाडौं आएका थिए । सोनुका दुई छोरी छन् । सोनूले तेस्रो सन्तानको रुपमा छोरा जन्मिए यो भने पशुपतिनाथको दर्शन गर्छु भन्ने भाकल गरेका थिए । अहिले सोनूको गाउँ गाजीपुर जिल्लाको गाउँमा सोनु सवार विमान दुर्घटनामा परेको खबर पुगिसकेको छ ।

उक्त खबरले सोनुको परिवार शोकाकुल बनेको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार सोनू आफ्ना तीन जना साथीहरुसंग गत जनवरी १० का दिन नेपाल आएका थिए । नेपालमा उनीहरुले पशुपतिनाथको दर्शन गरे । पशुपतिनाथको दर्शन गरेपछि उनीहरु प्याराग्लाइडिङ गर्नका लागि पोखरातर्फ प्रस्थान गरेका थिए । पोखरमा प्याराग्लाइडिङ गरेपछि उनीहरुले आफ्नो घर गाजीपुर जाने योजना बनाएका थिए ।

उनीहरूका परिवार शोकाकुल छन् र पूरै स्तब्ध छन्। सामाजिक सञ्जाल दुर्घटनास्थल अनि जायसवालले खिचेको भिडिओले भरिएको थियो। जयसवालका पिता राजेन्द्र प्रसाद जयसवालले आफूले त्यो भिडिओ हेर्न नसकेको बताए। जयसवालका परिवारजन र साथीभाइले फेसबुकमा उक्त भिडिओ आफूहरूले हेरेको सञ्चारकर्मीहरूलाई बताँउदै त्यो पछिल्लो विमान दुर्घटनाकै रहेको पुष्टि गरेका छन्। नोट : माथिको उक्त पारिवारिक तस्बिर हामीले बीबीसी बाट साभार गरेका हौ ।

Post Views: 2,232

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme