Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

एयर होस्टेस ओसिनको घर पुग्दा आफन्तम सबै शोकाकुल, ५ महिनामै छोरि गुमाउनु पर्यो (भिडियो सहित)

Posted on January 18, 2023

काठमाडौं । पोखरामा भएको दुखद विमान दुर्घटनाले सारा विश्वलाई स्तब्ध बनाएको छ । एयर होस्टेस ओसिनको घरमा पुग्दा यतिबेला आफन्तहरु शोकाकुल अवस्थामा छन् । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा माडीकी विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको पनि मृत्यु भएको छ ।

यति एयरमा काम गर्न थालेको भर्खर ५ महिना हुँदै गर्दा ओसिनको अकल्पनिय मृत्यु हुन पुग्यो । जेठी छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उनको परिवार विक्षिप्त बनेको छ । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित ओसिनको घरमा सन्नाटा छाएको छ ।

छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन् । ओसिनको एक भाई र एक बहिनी छन् । छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौँमा बस्दै आएका थिए ।

टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । ओसिन आलेले विमानभित्र मुस्कुराउँदै भिडियो बनाउँदै विमान दुर्घटनामा यस संसारलाई बिदा दिने दिन आउनेछ भन्ने कल्पना पनि गरेका थिएनन् । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।

ओसिनको दुःखद् निधन भएसंगै आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा शोक छाएको छ । उनका बुबा मोहन आले मगर साइला भाई हुन् । भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त मोहनका चार जना दाजुभाई छन् । यति एयरलाइन्सको एटीआर–७२ विमान काठमाडौंबाट पोखरा उडेको थियो । यसमा ६८ यात्रु र चार चालक दलका सदस्य थिए ।

Post Views: 570

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme