Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

शल्यक्रियापछि ऋषभ पन्तको पहिलो पोस्ट, लिए यी दुई व्यक्तिको नाम

Posted on January 18, 2023

मुम्बई ।

कार दुर्घटनामा घाइते भएका भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले घटनापछि पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । घुँडाको शल्यक्रियापछि उनले फ्यानहरूलाई धन्यवाद दिएका छन् । २५ वर्षीय पन्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘तपाईंहरु सबैको समर्थनका लागि धन्यवाद । मेरो शल्यक्रिया सफल भएको सुनाउन पाउँदा म निकै हर्षित छु । म चाँडै निको हुनेतर्फ ध्यान दिँदैछु ।’

उनले थप लेखेका छन्, ‘म रिकभरीको चुनौतीका लागि तयार छु । कठिन समयमा साथ दिनका लागि म बीसीसीआई, जय शाह र भारत सरकार पनि धन्यवाद दिन चाहन्छु ।’ विकेटकिपर ब्याट्सम्यानले लगातार तीनवटा पोस्ट गरेका छन् । उनले आफ्नो अन्तिम पोस्टमा दुर्घटनापछि आफूलाई मद्दत गर्ने रजत र निशु नामका युवकहरूलाई पनि सम्झेका छन् ।

उनले लेखेका छन्, ‘हुन सक्छ, मैले व्यक्तिगत रूपमा सबैलाई धन्यवाद दिन नसकूँ तर मैले दुई हिरोलाई धन्यवाद दिनैपर्छ जसले दुर्घटनापछि मेरो मद्दत गरे र मलाई सुरक्षित अस्पताल पुर्‍याए । रजत कुमार र निशु कुमार, धन्यवाद । म सधैँ तपाईंहरुको आभारी र ऋणी रहनेछु ।’

पन्तको घुँडाको लिगामेन्टको शल्यक्रिया जनवरीको सुरुवातमा भएको थियो । उनी अहिले डाक्टरहरूको निगरानीमा रहेका छन् । उनको उपचार मुम्बईको कोकिला बेन अस्पतालमा चलिरहेको छ । पन्तको शल्यक्रिया अस्पतालका स्पोर्ट मेडिसिन एन्ड अर्थोस्कोपी प्रमुख डा. दिनशा पारदीवालाले गरेका थिए । शल्यक्रिया ३ घण्टासम्म चलेको थियो ।

Post Views: 213

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme