Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सफल भयाे सचिनको टाउकाको अपरेशन, अब चाडै घर फर्कने तयारीमा

Posted on January 18, 2023

काठमाडौं : बालगायक सचिन परियार केहि समय पहिले स्वस्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि भाइरल बालगायक परियार महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएका थिए ।

आज दिउसो सचिनको अपरेशन सफल भएको छ । सचिन छिट्टै के छ हजुर भन्दै स्कुल पढ्न जानेछन । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको आइसीयूमा राखेर उपचार भएपछि केहि ठिक भएका उनको आज दिउसो टाउकाको सफल अपरेशन भएको हो ।

के भएको थियो उनलाई ?
काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् ।

उनको टाउकामा पनि समस्या देखिएको थियो । साथै सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या पनि थियो । उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका थिए । उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे ।

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५–६ वर्षका जस्तै देखिन्छन् । तर, बोलीचालीमा भने चतुर छन् । उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए । भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।

स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए । भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ । अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए । अहिले भने केहि ठिक भएपछि उनको टाउकाको अपरेशन गरिएको हो ।

Post Views: 442

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme