Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

परिवारसँग समय बिताउँदै सन्दीप लामिछाने, मैदान फर्किन हतार नगर्ने

Posted on January 18, 2023

काठमाडौं । पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने यतिबेला परिवारसँग समय व्यतित गरिरहेका छन् । हात्तीवनस्थित घरमा बुवाआमा र परिवारका सदस्यसँग बसिरहेका उनको मानसिक स्वास्थ्य सुधारोन्मुख छ ।

बलात्कार आरोपमा बन्दी जीवन बिताइरहँदा सन्दीपको मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । डिप्रेसनका लक्षणहरु देखिएपछि उनलाई जेलभित्रै काउन्सीलिङ समेत सुरु गरिएको थियो । जेलबाट बाहिर निस्किएपछि भने उनी धेरै हदसम्म आत्मविश्वासी देखिएका छन् ।

स्रोतले भन्यो, ‘उच्च अदालतको आदेशपछि उनको मनोविज्ञान फेरिएको छ । आफूले न्याय पाउनेमा उत्साही र आशावादी देखिएका छन् ।’ सन्दीप अहिले परिवारमा रहेका बालबच्चासँग बढी समय बिताइरहेका छन् । दाजूका छोराछोरी र अन्य आफन्तका बच्चाहरु अहिले उनको परिवारमा छन् । अहिले उनलाई काउन्सीलिङको आवश्यकता नदेखिएको स्रोतको भनाइ छ ।

सन्दीपलाई बाहिरी व्यक्तिहरुसँग भने भेट्न दिइएको छैन । भेट्न आउनेहरु पनि गेटबाटै फर्किने गरेका छन् ।‘मान्छेहरु आएर अनेकथोक सुनाउलान् र मानसिक असर पर्ला भनेर हामीले भेटघाट बन्द गरेका हौं,’ पारिवारिक स्रोतले भन्यो ।

राष्ट्रिय टिमका खेलाडी वा नेपाल क्रिकेट संघका पदाधिकारीहरु उनलाई भेट्न आएका छैनन् । फोनबाट भने कुराकानी भइरहेको छ । क्रिकेट संघका पदाधिकारीहरुले फोन गरेर उनको सञ्चोविसञ्चो सोधेका थिए ।

जेलबाट रिहा भएलगत्तै सन्दीपका कानून व्यवसायीले उनलाई फेरि क्रिकेट कप्तान बनाउन क्यानसँग माग गरेका थिए । क्यानले पनि सन्दीपलाई राष्ट्रिय टिममा फर्काउनेबारे सकारात्मक प्रतिक्रिया दिएको थियो । तर, तत्काल सन्दीप राष्ट्रिय टिममा फर्किने सम्भावना भने देखिएको छैन । अदालतले सन्दीपलाई मुद्दाको फैसला हुँदासम्म विदेश जान रोक लगाएको हुँदा राष्ट्रिय टिममा फर्काउन सम्भव नदेखिएको हो ।

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले सन्दीपलाई मैदानमा फर्काउनेबारे आफूहरु छलफलमै रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले विभिन्न सरोकारवाला निकायहरुसँगको परामर्शपछि निर्णय लिइने उल्लेख गरे ।

‘अदालतले लगाएका बन्देजहरुलाई पनि हामीले हेर्नुपर्ने हुन्छ । टिममा फर्काउन मिल्ने/नमिल्ने विषयमा हामी खेलकुद परिषद लगायत राज्यका हरेक निकायहरुसँग छलफलमा छौं । मिल्ने अवस्था देखियो भने खेलाइन्छ, नत्र अहिले खेलाइन्न,’ उनले भने ।

मल्लले सन्दीपसँग आफूहरुको फोनमा कुरा भइरहेको बताए । केही दिन रेस्ट गरेपछि भेटघाट गर्ने सल्लाह भएको उनले जानकारी दिए ।
‘क्रिकेट टिममा फर्किनेबारे सन्दीपले हामीसँग केही पनि भनेको छैन,’ उनले भने ।

जबरजस्ति करणीको आरोपमा पक्राउ परेका सन्दीपलाई गत साता पाटन उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । उनको मुद्दा भने विचाराधीन रहेको छ ।

Post Views: 1,257

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme