Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यीनै हुन् आफ्नो बुवालाई बचाउन घरको दुई तल्ला माथिबाट हाम्फाल्ने १७ बर्षीय साहसी छोरी

Posted on September 23, 2022

काठमाडौं । गोठाटारमा बस्ने गार्मेन्ट व्यवसायी लाल मोहम्मदमाथि गोली हानिएको भिडिओ फुटेज सामाजिक सञ्जालमा धेरैले हेरे । सीसीटीभीमा कैद भएको उक्त भीडीओ फुटेजमा गोली चल्दाचल्दै एक व्यक्ति घरको माथिल्लो तल्लाबाट जमिनमा हाम्फालेको देखिन्छ ।

यसरी हाम्फाल्ने व्यक्ति अरु कोही नभएर मोहम्मदकी छोरी हुन्, जो उमेरले कलिलै छिन् । बुवामाथि गोली प्रहार भएको थाहा पाउनासाथ उनी आफ्नो ज्यानको परवाहै नगरी घरको दुई तल्लामाथिबाट हाम्फालेकी थिइन् । भीडीओमा कैद भएको दृष्यमा स्पष्ट देखिएको छैन ।

तर, घटनाका प्रत्यक्षदर्शीका अनुसार ती किशोरी घरको दोस्रो तल्लामा थिइन् । तल गोली चल्नासाथ उनी पहिलो तल्लामा रहेको टिनको छानोमा हाम्फालिन् । त्यसपछि फेरि भुईंमा खसिन् ।भुईंमा बजारिएपछि तत्काल उठेर उनले गोली चलाइरहेका आ’क्रमणकारीलाई झम्टिएकी थिइन् ।

उनले लखेटेपछि आ’क्रमणकारी भागेको भीडीओमा देखिन्छ । भीडीओ हेरेका सबैले उनको बहादुरीको तारिफ गरिरहेका छन् । तर, आफ्नै ज्यान जोखिममा हालेर पनि उनले बुबालार्ई बचाउन भने सकिनन् । गोली लागेर घाइते भएका मोहम्मदको अस्पतालमा निधन भएको थियो ।

घटनास्थलमा पुग्दा ती किशोरी घरको छतमा रेलिङ समातेर उदास मुद्रामा टोलाइरहेकी थिइन् । सँगै थिए परिवारका अन्य सदस्यहरु । उनीहरु सबै मोहम्मदको शवको प्रतिक्षामा बसिरहेका रहेछन् ।केहीबेरपछि शव घरमा नआउने खबर आयो र उनीहरु सबै तल ओर्लिए ।

किशोरी खुट्टा खोच्याइरहेकी थिइन् । हिजो हाम्फाल्दा उनको एउटा खुट्टा फ्याक्चर भएको रहेछ । दाइले उनलाई पाखुरामा समातेर हिँडाइरहेका थिए । उनी मिडियासँग कुरा गर्न सक्ने अवस्थामा थिइनन् ।छरछिमेकीहरुलाई पनि यी किशोरीको बारेमा धेरै जानकारी छैन । उनी बाहिर कमै निस्कने गरेको एक छिमेकीले बताए ।

उनका अनुसार किशोरीको उमेर त्यस्तै १६-१७ वर्षको हुनुपर्छ । उनी मोहम्मदकी दोस्रो श्रीमतीतर्फकी जेठी छोरी हुन् ।मोहम्मदका दुई श्रीमतीका ६ सन्तान छन् । पहिलो श्रीमतीबाट एक छोरा र एक छोरी । दोस्रोबाट दुई छोरा र दुई छोरी । उनीहरु सबै गोठाटारमा भाडाको घरमा एकसाथ बस्दै आएका छन् ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme