Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्लेन चढेर काठमाडौंबाट पोखरा जान छोडे हवाई यात्रु

Posted on January 19, 2023

माघे संक्रान्तिका दिन पोखरामा यती एयरलाइन्सको जहाज दु’ र्घटना भएपछि काठमाडौंबाट पोखरा जाने हवाई यात्रु ५० प्रतिशतले घटेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट पोखरा जाने हवाई यात्रु दैनिक २ हजार ३ सयहाराहारी हुने गर्थे।

तर, यतीको जहाज माघ १ मा पोखरा सेती खोंचमा दु’ र्घटना भएयता त्यता जाने यात्रु ५० प्रतिशतले घटेका छन्। यसअघि दैनिक २ हजार ३ सयहाराहारीले काठमाडौंबाट पोखरा यात्रा गर्थे। यतीको जहाज दु’ र्घटनापछि यो संख्या घटेर अहिले १ हजार १ सयभन्दा कम हुन पुगेको त्रिभुवन विमानस्थलले जनाएको छ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले पोखरा जाने हवाई यात्रु संख्या अन्य समयको तुलनामा कमी आएको बताए। मौसमका कारण जहाज डिले हुने भएकाले पनि यो समयमा यात्रु घट्ने गरेको र पछिल्लो दु’ र्घटनाले थप यात्रु घटेको हुनसक्ने उनको भनाइ छ।

सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले पोखरासहित सबै क्षेत्रमा यात्रु संख्या घटेको बताए। ‘पोखरामा मात्र होइन, अन्य गन्तव्य जाने यात्रु पनि घटेका छन्,’ खनालले भने, ‘माघ १ गतेको दु’ र्घटनापछि धेरै यात्रु त्रसित देखिएका छन्।‘यात्रु घट्न थालेपछि वायुसेवाहरूले उडान संख्यासमेत घटाउन थालेका छन्।

सौर्यले पोखरामा दैनिक दुई उडान अनुमति लिए पनि अहिले एकमा झारेको छ। त्यस्तै बुद्ध, यती र गुण एयरलाइन्सले पनि उडान संख्या घटाउन थालेको जनाएका छन्। अहिलेको सिजनमा जहाज दु’ र्घटना नहुँदा पनि यात्रु घट्ने गरेको वायुसेवाहरूको भनाइ छ।

यतीको दु’ र्घटनाले यात्रुमा थप त्रास बढेका कारण अहिले जहाजभन्दा गाडीमा यात्रा गर्नेको संख्या बढेको हुनसक्ने अनुमान छ। गुणका बजार व्यवस्थापक प्रज्वल थापाले सोमबार र मंगलबार पोखरा जाने यात्रुको संख्या ह्वात्तै घटेको बताए। ‘यसअघिका दुई दिन पोखराबाहेक अन्य गन्तव्यमा पनि यात्रु घटेका थिए,’

थापाले भने, ‘बुधबारदेखि यात्रु चाप केही बढ्न थालेको छ।’यती एयरलाइन्सको ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको जहाज दु’ र्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो। पोखरामै ठूलो हवाई दु’ र्घटना भएपछि अन्य विमानस्थल झनै सुरक्षित नभएको विश्लेषण यात्रुले गर्न थालेका छन्।

जहाजमा यात्रा गर्नेले पनि ‘मन भारी बनाएर यात्रा गरियो’ भन्ने खालका स्टाटस सामाजिक सञ्जालमा राख्न थालेका छन्। यसले पनि यात्रुमा पोखराको घटनाले त्रसित बनाइरहेको छ भन्ने मनोभाव यात्रुमा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीको भनाइ छ।

Post Views: 1,337

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme