अस्पतालमा ल्याइएका यात्रु जीवित थिएनन्, शव चिन्न सकिने अवस्थामा पनि छैन’यति एयरलाइन्सको दुर्घटनामा परेको जहाजमा सवार यात्रुहरुको उद्धारपछि अस्पतालमा पु¥याउँदा जीवित अवस्थामा नपाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्रोतले जनाएको छ ।
यसअघि केही यात्रु घा इते भेटिएको र उपचारार्थ अस्पताल लगिएको भन्ने सूचना गलत भएको अस्पतालका एक सिनियर चिकित्सकले बताएका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा चिकित्सकले भने, ‘प्लेन क्रयासको खबर सुन्नासाथ हामी स्ट्यान्डबाइ थियौं, केही यात्रुको जीवितै उद्धार हुनेमा आश पनि थियो तर यहाँ ल्याइएका यात्रु कोही पनि जीवित थिएनन् ।’