काठमाडौं । इंग्ल्याण्डबाट अष्ट्रेलियाका लागि उडेको विमानको इन्जिन बिच हावामा बिग्रिएको थाहा पाएपछि सयजना यात्रुको सातो गएको छ । यो उडान अस्ट्रेलियाको सिड्नी एयरपोर्टमा अवतरण हुने थियो । यो अचानक आपतकालिन अवस्थामा परेपछि, एक चेतावनी सन्देश एयरपोर्ट पठाइएको थियो। एम्बुलेन्ससँगै सबै आकस्मिक सेवाहरू त्यहाँ पुगेका थिए । तर, अन्त्यमा विमान सकुशल अवतरण भएको थियो । उडान क्वान्टास एयरलाइन्सको थियो, जसको नम्बर क्युएफ १४४ थियो।
क्वान्टास एयरलाइन्सको उडान बुधबार अष्ट्रेलियाको समय अनुसार दिउँसो करिब ३.३० बजे सिड्नी विमानस्थलमा अवतरण भएको थियो । एयरलाइन्सका प्रवक्ताका अनुसार विमान सिड्नी एयरपोर्ट पुग्नुभन्दा १ घण्टा अगाडि पाइलटले इन्जिनमा समस्या अनुभव गरेका थिए । विमान अवतरण हुनुअघि नै आपतकालिन कर्मचारीलाई विमानस्थलमा तैनाथ गरिएको थियो । सावधानीका रूपमा फायर ब्रिगेड, प्रहरी र एम्बुलेन्सका कर्मचारीहरू पनि उपस्थित थिए।