Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मनोज गजुरेल चडेको जहाज एक घण्टा आकाशमा होल्ड हुँदा होस् उड्यो !

Posted on January 19, 2023

काठमाडौं । वरिष्ठ हास्यकलाकार मनोज गजुरेल आज पोखराबाट काठमाडौं आउन साढे ८ बजे विमानस्थल पुगे । मौसमको खराबीका कारण जहाज उड्न ढिलाइ भएपनि उनले विमानस्थलमै साढे पाँच घन्टा प्रतीक्षा गर्नुपर्‍यो ।

उडान समय ८:५० भए पनि विमान १:३० मा मात्रै उडेको थियो । त्यसबीचको झण्डै पाँच घण्टा गजुरेलले नवनिवर्मित विमानस्थलमा टहलिएर बिताए । आफ्नै देशभित्र यो स्तरको संरचना देख्दा मन गदगद बनेको उनी सुनाउँछन् ।

‘पूरै विदेशी विमानस्थलको जस्तो फिलिङ आयो,’ गजुरेलले नेपाल प्रेससँग भने, ‘यति राम्रो एयरपोर्ट बनेछ, अब यसको संरक्षण र संवर्द्धन पनि राज्यले राम्रोसँग गरोस् ।’

विमानस्थलको अत्याधुनिक संरचनाले आफूलाई विदेश यात्राको अनुभव भएको उनले सुनाए । तर, लामो प्रतीक्षापछिको उडान अनुभव भने सुखद हुन सकेन । मौसमको खराबी र ट्राफिक जामका कारण जहाज आकाशमै होल्ड हुँदा मनोजसँगै यात्रुहरू नर्भस बनेका थिए । नहुन् पनि किन, भर्खरै यति एयरलाइन्सको विमान दुर्घटना सबैको मनमा ताजै थियो ।

‘एक घण्टासम्म जहाज होल्ड हुँदा सबैलाई डर त लागिहाल्छ नि,’ उनले ठट्यौलो प्रतिक्रिया दिँदै भने, ‘तर, केही नहुञ्जेल केही हुँदैन भन्ने मेरो सिद्धान्तै छ । आफ्नो बसमा नभएको कुरामा टेन्सन लिएर मात्रै के हुन्छ र ?’

परिचारिकाले बाहिरको अवस्थाबारे बताउँदै जहाज ५० मिनेटजति होल्ड हुने पूर्वजानकारी दिएकाले यात्रुहरूलाई राहत मिलेको थियो । तर, ल्यान्ड नहुञ्जेल कोही पनि निश्चिन्त बन्न सकेका थिएनन् । बिहान साढे ९ बजेतिरै काठमाडौं ओर्लिनुपर्ने यात्रुहरु दिउँसो ४ बजेमात्रै ल्यान्ड भएका छन् ।

Post Views: 2,534

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme