Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टीमबाट आउट, क्याम्पमा राख्नुको कारण अर्कै !

Posted on January 19, 2023

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णय गरिनसकेको नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।सन्दीपलाई प्रशिक्षणमा सहभागी गराएको सार्वजनिक भएपछि क्यान अध्यक्ष चन्दले अहिले नै सन्दीप राष्ट्रिय टिममा फर्किनसकेको बताए।सन्दीपकै आग्रहमा उनलाई प्रशिक्षण गर्न दिएको भने अध्यक्ष चन्दले स्वीकार गरे।

‘मैदानमा गएर प्रशिक्षण गर्न पाउँ भनेपछि उसलाई रोक्ने कुरा भएन,’ चन्दले भने, ‘उसले जेलमा पनि प्रशिक्षण गर्न पाउँथ्यो। फिजिलक प्रशिक्षण जहाँ पनि गर्न पाइने कारणले उसलाई प्रशिक्षणमा सहभागी गराइएको हो।’हाल सन्दीप राष्ट्रिय टिमबाट निलम्बित अवस्थामा छन्। क्यानले बलात्कार अभियोग लागेपछि सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

उच्च अदालत पाटनले गत बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको भन्दै २० लाख रुपैयाँ धरौटीमा छोडिदिएको थियो।

थुनामुक्त भए पनि उनी बलात्कारको अभियोगमुक्त भने भसकेका छैनन्। अभियोगकै अवस्थामा सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउन हतार गरिरहेको क्यानमाथि आरोप छ।

प्रशिक्षणमा सहभागी गराएपछि क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो वा होइन भन्ने पनि प्रश्न उठेको छ।‘टिमबाट खेलाउने कुरामा सरसल्लाह गर्दैछौं। अहिले निर्णय भइसकेको छैन,’ अध्यक्ष चन्दले भने, ‘टिममा सहभागी गर्नेबारे हामी क्लियर छौं, कानुन नै मिचेर टिममा ल्याउने कुरा हुँदैन।’

सन्दीपमाथि नाबालिग १८ वर्षमुनि लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। क्यारेबियन प्रिमियर लिग खेल्न गएको बेला सन्दीपविरूद्ध उजुरी परेको थियो। उजुरी परेपछि एक महिना सम्पर्कविहीन भएका सन्दीपलाई गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

Post Views: 806

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme