काठमाडौं : गायिका जेरुसा बिहिबारदेखि सम्पर्कविहीन भएकी छन्। सुसाइड नोट छोडेर राई सानेपास्थित निवासबाट सम्पर्कविहीन भएकी हुन्।
बिहिबार साँझ ७ बजेदेखि सम्पर्कविहीन भएपछि उनको परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको थियो। यतिबेला प्रहरीले खोजीकार्य तिब्र गरेको छ।
३० वर्षीया राईका बारुद, परेड, लाटो कोसेरो, रेनलगायतका नेपाली तथा अंग्रेजी गीत सार्वजनिक थिए। यीबाहेक उनले नेपाली तथा अंग्रेजी गीतका कभर गीत पनि गाएर आफ्नो युट्युब च्यानलमा राख्ने गर्थिन्।
पछिल्लो एक वर्षदेखि उनको युट्युब च्यानल निस्क्रिय जस्तो बनेको छ।