Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

Posted on September 23, 2022

काठमाडौं ।

नेपालमापनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि बच्चा नभएकालाई आईभीएफ विधिमा लगिने गरिन्छ ।

आईयूआई भनेको चै योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ । उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ । तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषकोपनि बिर्य कमजोर छ भने आईभीएफ विधि प्रयोग गरिन्छ ।

आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन।bकतिपय जोडीले आईयूआई र आईभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् । उनीहरुका लागि बिर्य दाता चाहिन्छ ।

उक्त बिर्यको चाँजोपाँजो आईयूआई र आईभीएफ विधिको सेवा दिइरहेका निकायले नै मिलाउँछन् । उनीहरुले बिर्य दातालाई खोजेर बिर्य संकलन गरेर उपयुक्त वातावरणमा सञ्चय गरेर राखेका हुन्छन् ।

टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान, ‘नेपालमा कहाँ छ कति खर्च लाग्छ’?
नेपालमा धेरै आईयूआई र आईभीएफ विधिको सेवा दिने स्वास्थ्य संस्था छन् । सातदोबाट स्थित क्रियटर्स नेपाल नामक आईभीएफ केन्द्रले योग्य युवकको बिर्य दान लिने गरेको छ । यसरी बिर्य दान लिँदा क्रियटर्स नेपाल आईभीएफ केन्द्रले एक पटकको एक हजार रुपैयाँ रकम दिने गर्दछ । हरेक तीन दिनमा एक पटक सोही व्यक्तिको बिर्य संकलन गर्ने गरेको त्यहाँ ल्यावमा कार्यरत एक अधिकारीले बताए ।

यसरी एकछिन आएर एउटा युवकले एक महिनामा नै १० देखि १२ हजार सम्म लग्ने गरेको उनले बताए ।
काठमाडौंको नारायणचौरस्थित फर्टिलिटी सेन्टरलेपनि यसरी नै बिर्य संकलन गर्ने गरेको छ । यहाँबाट योग्य युवकले आर्थिक लाभ लिएको र सन्तानको अभावमा जीवन नै अध्यारो भएको जोडीले सन्तान पाएको एक अधिकारीले बताए ।

यहाँको दरपनि एक पटकको एक हजार नै छ । तर बिर्य दानका लागि दाताको निश्चित उमेर समूह र कुनैपनि रोग नभएको हुनुपर्छ । बिर्य दान लिनुभन्दा पहिले सबै स्वास्थ्य परीक्षण गरिन्छ ।

स्वास्थ्य परीक्षणमा कुनै समस्या नभएमा उक्त युवालाई बिर्य दानका लागि योग्य ठहराईन्छ । उमेर समूहपनि निश्चित मात्र हुन्छ । कानून अनुसार वैवाहिक उमेर पुगेको (अहिले २० बर्ष) र ३० बर्ष ननाघेकोलाई मात्र बिर्य दाताको रुपमा स्वीकार गरिन्छ । ३० बर्ष नाघेपछि पुरुषकोपनि बिर्यको शक्ति कम हुने भएकाले यस्तो उमेर चयन गरिएको स्वास्थ्यकर्मीले बताए ।

यसरी बिर्य लिएपछि सन्तान हुन नसकेकी महिलाको महिनावारी भएको दुई दिनमा र छसात दिनमा जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ। अण्डा बनेमा एचसीजी भन्ने इन्जेक्सन दिइन्छ। त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ ।

यसरी निकालिएको महिलाको डिम्ब र दान लिइएको पुरुषको शुक्रकीटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युबेटरमा राखिन्छ, जहाँ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रूणलाई करिब ३६ देखी ४८ घण्टाका बीचमा महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ। र बच्चा जन्माइन्छ ।

Post Views: 146

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme