Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

चर्चित अभिनेता दयाहाङ राईलाई पुत्रलाभ, सुटिङबाट हतारिँदै अस्पताल पुगेर लागे पत्निको स्याहारमा

Posted on September 23, 2022

काठमाडौं । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नि बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । जो अहिले १० वर्षका भइसकेका छन् ।

दयाका अनुसार अहिले आमा र बच्चा दुवै स्वास्थ्य राम्रो छ । उनले आँफु सुटिङबाट भर्खर अस्पताल आएको जानकारी दिँदै भने म भर्खरै आएको हुँ । परिवारमा नयाँ सदस्यको आगमनले निकै खुशी तुल्याएको छ ।

दया हाल ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा लागिरहेका छन् ।

दया र बेनुकाको विबाह २०६५ सालमा भएको हो । उनकी पत्नि बेनुकाले गायिका हुन् । हाल उनी फिल्म ‘दुई नम्बरी’को प्रचार प्रसारमा पनि ब्यस्त छन् । दयाको फिल्म ‘दुई नम्बरी’ असोज २१ गते प्रर्दशन हुँदैछ ।

विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ।

इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड ९ग्याबु० शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन्। सानुबाबु सुनारको नेतृत्वमा रहेको उक्त टोलीले चार हजार आठ सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट सोमबार पहिलो परीक्षण उडान गरेको थियो।

आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड ९ग्याबु० शेर्पाका अनुसार आठ हजार मिटरभन्दा अग्लो हिमालबाट पहिलो पटक प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन हुन लागेको हो।

यस कामले मनास्लुमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान, हिमाली पर्यटनको प्रवद्र्धन, साहसिक खेलको सम्भावना उडान र अवतरणका लागि उपयुक्त ठाउँको खोजी, प्राविधिक अध्ययनको खोजी गर्न लागिएको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Post Views: 86

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme