काठमाडौँ,
कतारबाट अहिले दुखद खबर आएको छ । धन कमाएर परिवारलाई सुखसाथ राख्ने सपना देखेर विदेशी भूमिमा पुगेका नेपाली दाजुभाई दिदिबहिनीहरुमाथी वारम्बार वज्रपात पर्ने गरेका खबर आउँने गर्दछन् । ग्याङ फाइट हुँदा निर्दोष एक नेपालीलाई फाँसीको सजाय सुनाइको छ।
स–साना छोरा छोरी अनि श्रीमती रुदैँ रुदैँ कति दिन र रात बिताइरहेका छन् । आफ्ना बुढा भएका बुबा साथै श्रीमती छोरा–छोरीलाई खुशी राख्छु भनी कतार गएका उनी निर्दोष हुदा हुँदै पनि फाँसीको सजाय पर्खेर बसिरहेका छन् । यो कस्तो बिजोग । जहाँ अपराध गर्ने चै खुलेआम हिडेको बेला निर्दोष उनलाई यस्तो सजाय सुनाइएको छ।
आफ्नै साथिको हत्याको आरोपमा अहिले उनलाइ फाँसीको सजाय सुनाइएको छ। अज्ञात समुहले छुरा हानेर भागेपछी साथिलाइ बचाउन खोज्दा आफै जेलमा परे । साथिको रगत देख्न नसकेर साथिको रगत टाल्न खोज्दा आफै जेल परे ।
सबै जनाले सहयोग गरि मेरो श्रीमान् लाई बचाइ दिनुस् मेरा यति साना बाल बच्चा छन् म कसरि बचाउनु। सबैले सहयोग गरेर बचाइ दिउस भन्दै श्रीमतीले विलौना गरिरहेकी छिन् । समुन्द्रको किनारमा दुई जना साथी बसिरहेका हुन्छन् । त्यहाँ अर्को व्यक्ति आएर छुरा प्रहार गरेर साथीलाई घाइते बनाउँछन् ।
साथीको अवस्था देख्न नसकेर उनले बचाउँन प्रयास गर्छन् । तर छुरा प्रहार गर्ने फरार हुन्छन् । साथीलाई नै प्रहरीले पक्रिन्छ । त्यहाँको अदालतले उनलाई नै हत्यारा ठहर गर्छ । उनलाई फाँसीको सजाय तोकिदिन्छ । अब २० लाख ब्लड मनी तिर्न मृतकको परिवारले माग गरेको छ । ब्लड मनी पाएभने चै फाँसीको सजाय माफी हुनेछ ।
कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी प्राप्त हुने गर्दछ ।