काठमाडौं: अहिले सामाजिक संजालतिर जताततै छरपस्ट भएको घटना हो नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नाबालिग बालिकालाई बलात्कार गरेको घटना । केही दिन अगाडीमात्र जिल्ला प्रहरी कार्यालय, टेकुमा यौन दुर्व्यवहार गरेको आरोपसहित उनिबिरुद्ध किटानी जाहेरी परेको थियो ।
बला”त्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले आफू जमैकाको खेल सकिनासाथ नेपाल फर्किने बताएका थिए तर अहिलेसम्म उनी नेपाल फर्किसकेको अबस्था भने छैन । मंगलबार प्रहरीमा १७ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छिन् । उनको जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
केन्या भ्रमणमा जानुअघि उनीहरु पुगेका भक्तपुर र काठमाडौंका होटलबाट सीसीटीभी फुटेज संकलन गरेको छ। फुटेजबाट उनीहरु ती ठाउँमा पुगेको पुष्टि भएको प्रहरीले बताएको छ। ५ गते साँझ नगरकोट पुगेका उनीहरु त्यस रात सिनामंगलस्थित एक होटलमा बसेका थिए। राति होटलमा पुगेका उनीहरु बिहानसँगै बाहिरिएको फुटेजबाट पनि पुष्टि भइसकेको छ।
किशोरीले सिनामंगलकै होटलमा राति पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन्। सन्दीप भने केन्यामा एक दिवसीय क्रिकेट खेल्नुपहिले नै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका थिए। लिगको फाइनल खेल अक्टोबर १ मा हुनेछ। उनी आबद्ध जमैका फाइनलमा पुगे र प्रहरीले तत्काल नझिकाए सन्दीप त्यसपछि मात्रै नेपाल फर्किनेछन तर पछिल्लो सुचना अनुसार भने सन्दिप लामिछाने हाल सिङ्गापुरमा रहेको खबर बाहिरिएको छ ।
सन्दिप लामिछाने प्रक्ररणमा फरकफरक ब्यक्तिले फरकफरक मत दिने क्रम जारी नै छ । यसैक्रममा आज भने सन्दिप प्रकरणमा बोल्दै एक वकिल मिडियामा आएका छन । उनले सन्दिप प्रकरणको बिषयमा बोल्दै केही कानुनका कुराहरु पनि गरेका छन । १८ बर्षभन्दा मुनिकसँग हिड्नडुल्न, घुम्न, खान, खेल्न बस्न नपाउने भन्ने नरहेको तर स”हबास भने हुन नहुने उनले बताए ।
एउटै कोठामा सुतेपनी स”हबास नै गरेको छैन भने सन्दिपलाई दोषी भन्न नमिल्ने उनको धारणा छ । क”न्या”जा”ली विभिन्न कुराहरुले फाट्ने गरेको हुँदा, क”न्या”जा”ली फा”ट्नुसँग स”हबासको कुनै सम्बन्ध नरहने उनले बताए । उनले नाबालक र साबालकबिच हुने ब”लात्कारको फरकको कुरा पनि गरे ।
बाँकी हेर्नुस तलको भिडियोमा: