Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मलेसियामा रहेका नेपालीका लागि आयो खुशीको खबर : ह्वात्तै बढ्ने भयो परिश्रमिक

Posted on September 24, 2022

मलेसियामा रहेका नेपालीका लागि आयो खुशीको खबर : ह्वात्तै बढ्ने भयो परिश्रमिक

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।

मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गर्नुभएको हो ।

भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पु¥याउन प्रस्ताव गर्नुभएको थियो ।

सो क्रममा उहाँहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

वैदेशिक श्रम विभाग द्वारा प्रदान गरिएको जानकारी:

व्यक्तिगत भिसा प्राप्त गरेपछि मात्र तपाईलाई रोजगार प्रस्ताव गरिएको कम्पनीमा पैसा जम्मा गर्नुहोस्।

कृपया भाउचर सङ्कलन गर्न निश्चित गर्नुहोस्।

तपाईले काम गर्ने वा काम गरिरहनुभएको देशमा रहेका नेपाली कूटनीतिक कार्यालयहरुको सम्पर्क नम्बर र ठेगाना नोट गर्नुहोस्।

यसले तपाईंलाई आवश्यक हुँदा तिनीहरूसँग सम्पर्कमा रहन सजिलो बनाउँछ।

यस कागजातमा उल्लेख गरिएको भन्दा बढी नगद नदिनुहोस्।

वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम लिनु अनिवार्य छ ।

रोजगारीका लागि विदेश जानुअघि तपाईले काम गरिरहनुभएको देश, तपाईले काम गरिरहनुभएको कम्पनी र तपाईलाई उपलब्ध गराइने सुविधाका बारेमा राम्ररी पढ्नुहोस्।

यसलाई ध्यानपूर्वक पढेर मात्र नियम र सर्तहरूमा हस्ताक्षर गर्नुहोस्। कृपया त्यसको प्रतिलिपि सुरक्षित रूपमा आफूसँग राख्नुहोस्।

विदेशमा यात्रा गर्दा नेपालकै विमानस्थल प्रयोग गर्नुहोस् किनकि तपाईलाई धोका हुने सम्भावना छ।

यदि तपाईंलाई यस विज्ञापनको बारेमा थप जानकारी चाहिन्छ भने, कृपया वैदेशिक श्रम विभाग, तहचलमा सम्पर्क गर्नुहोस्।

Post Views: 64

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme