Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सोझा दर्शकलाई पैसाले किनेर फिल्मबारे नकारात्मक प्रतिक्रिया दिन लगाएको प्रदीपको दावी

Posted on September 24, 2022

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ हेर्न आएका दर्शकलाई पैसाले किनेर फिल्मकाे विषयमा पत्रकार समक्ष नकारात्मक प्रतिक्रिया दिन लगाएको अभिनेता प्रदीप खड्काले दावी गरेका छन् ।

रिलिज अगाडि विवादमा तानिएको याे फिल्म अहिले रिलिजकै क्रममा रहँदा पनि उतिकै विवादमा रहेकाे छ । हिन्दी स्वरांकन नेपालमा चलाउन नेपाली फिल्म सरह सेवा सुविधाको माग गरेपछि विवाद दिनप्रतिदिन बढ्दै गएको हो ।

तीव्र विवादमा फसेको उक्त फिल्मको हिन्दी स्वरांकनलाई लिएर कलाकर्मीहरू नै दुई भागमा विभाजित भएका थिए । यति मात्रै नभएर नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी स्वरांकनलाई नेपाली फिल्म सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए ।

यस फिल्मकाे विवाद भाषाका कारण उत्कर्षमा पुगेको हाे । तर अहिले फिल्मकाे विवाद भाषमा मात्र सिमित रहेकाे छैन् । फिल्म हेर्न आएका दर्शकलाई समेत पैसामा किनेको भन्नेसम्ममा पुगेको छ ।

फिल्म हेर्न आएका सोझा दर्शकलाई पैसाले किनेर पत्रकार समक्ष जबरजस्ती नकारात्मक प्रतिक्रिया दिन लगाएको अभिनेता खड्काले दावी गरेका छन् । खड्काले सामाजिक सञ्जाल फेसफुक मार्फत सोही कुरा उल्लेख गरेका हुन् ।

खड्काले फेसबुकमा यस्ताे लेखेका छन्,- ‘ फिल्म हेर्न आएका सोझा दर्शकलाई समेत पैसाले किनेर पत्रकार समक्ष जबरजस्ती नकारात्मक प्रतिक्रिया दिन घचेटेरै पठाए । ती भिडियोहरू अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ ।’ खड्का यसै विषयमा अगाडि लेख्छन्,- ‘ एक भिडियोमा यति समेत देखियो कि एउटा दर्शकले ‘प्रेमगीत ३’ हेरियो, हातमा पैसा हल्लाएर पैसा नि पाइयो समेत भनेका छन् । भाइरल पनि यसरी भइरहेको छ कि ती भिडियोहरू हेर्दा पनि आफैंमा लाजमर्दो देखिन्छ ।’

एक-आपसको दुश्मनीलाई लिएर यतिसम्मको निच काम गर्नु लाजमर्दो रहेको अभिनेता खड्काले तर्क गरेका छन् ।

Post Views: 65

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme