Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रेम गीत ३ को पहिलो दिनको कमाई ७ करोड ७५ लाख

Posted on September 24, 2022

काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो।

यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले जनाएको छ। शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ।

यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ। यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो।

यी सबै भारतीय रुपैयाँमा हुन्। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ।

फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्। यता ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ ।काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ ।

प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो ।प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । त्यस्तै भारतमा प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा पहिदशुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

फिलमले भारतमा दर्शकबाट मिश्रित प्रतिकृया पाइरहेको छ ।सीमित शोका बाबजुद प्रेम गीत(३ ले राम्रो व्यापार गर्न सफल भएको बताइएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

फिल्ममा प्रदिप खड्का खड्का कृष्टिा गुरुगंका को मुख्य भुमिका रहेको छ भने । फिल्मका निर्माता सन्तोस सेन रहेका छन् । फिल्मलाई स्वर्गिय छेतेन गुरुगले निर्देशन गरेका हुन् । फिल्म नेपाली र हिन्दी दुबै भायामा आज बाट प्रदर्शनमा आएकोे हो ।

Post Views: 94

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme