Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रदीप खड्काको पर्खाइमा ६ घण्टादेखि फुल लिएर पर्खेकी युवती

Posted on September 25, 2022

काठमाडौँ,

शनिबार नेपालगन्जमा प्रदर्शनरत चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ लगायतको टिम हल भिजिटमा आउने हल्लाले बजार तताएको थियो।

नेपालगन्ज स्थित बागेश्वरी क्युएफएक्स सिनेमाजमा प्रदीप र कृष्टिनालाई हेर्न आउने दर्शकको भिड उर्लिएको थियो। शनिबार नेपालगन्जमा चलचित्रलाई ९ शो दिइएको थियो। दिइएका सबै शो’हरु हाउसफुल थिए।

चलचित्र हेर्न आउने भन्दा पनि नायक नायिकालाई हेर्न आउने दर्शकको संख्या धेरै थियो। हल प्राङ्गण दर्शकले भरिभराउ थियो। प्राङ्गण भरि बाइक पार्किङ अनि दर्शकको बाक्लो उपस्थितिले गर्दा खुट्टा टेक्ने ठाउँ समेत थिएन।

त्यही हुलमा हलको एक कुनामा एक युवती फूल लिएर कसैलाई पर्खिरहेको अवस्थामा देखिन्थिन। अन्दाजी १८ वर्षीय देखिने ती युवतीले आफ्नो नाम सन्ध्या बताइन। किन फुल लिएर उभिएको भनेर फिल्मीपत्रकर्मीले सोध्दा नायक प्रदीप खड्कालाई भेटेर दिनको लागि फूल लिएर उभिएको उनी बताउँथिन।

प्रदीप आफुलाई एकदम मनपर्ने भएकोले करिब ६ घण्टादेखि कुरेर बसेको उनले बताइन। तर भारतका विभिन्न हलमा चलचित्र प्रोमोशनको लागि गएका प्रदीपको टिम भने शनिबार साँझ ७ बजेसम्म पनि नेपालगन्ज आएको थिएन।

आफुले बिहानको शो हेरेर प्रदीपलाई कुर्दा कुर्दा थाकेको पनि उनको भनाइ थियो। साँझ परिसक्दा पनि प्रदीपलाई कुरेकी उनलाई न रात परेको प्रवाह थियो, न भोक प्यासको। सायद ती युवती मात्रै होइन शनिबार प्रदीप र कृष्टिनालाई कुरेर बस्ने दर्शकको संख्या अधिक थियो।

Post Views: 72

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme