काठमाडौं :
पछिल्लो समय चर्चा र विवदमा रहेको फिल्म हो ‘प्रेमगीत ३’ । फिलम शुक्रबारबाट हिन्दी र नेपाली दुबै भाषमा प्रदर्शनमा आयो । प्रदर्शन अगावै फिल्म को विषष्मा पष विपक्ष भएर मानिसहरु बोल्न थाले । यसै बिच फिल्म रिलिजमा दुःख दिएको भन्दै ‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानलाई फिर्ता गर्ने भएको छ । निर्माता चक्रबहादुर चन्दका अनुसार हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो ।
अध्यक्षज्यूले हामीलाई प्रदर्शनमा दुःख दिने काम मात्र गर्नुभयो । हामीमाथि अन्याय भयो,’ निर्माता चन्दले भने, ‘उहाँले सम्मान अनुसार सहयोग गर्नुभएन त्यसैले हामीले हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्दैछौं ।’अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजार खोज्ने कार्यमा योगदान पुर्याएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ का निर्मातालाई सम्मान गरेका थिए ।
बोर्डले टोकन अफ लभ र खादाबाट सम्मान गरेको थियो । निर्माता चन्दले फेसबुकमार्फत पनि सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । फिलमले विश्वभर राम्रो कमाइ गरेको छ ।विश्वका करिब १२ सय हलमा एक साथ प प्रदर्शनमा आएको फिलमले करिब ८ करोडको व्यापार गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुुनाव आउन २ महिनाभन्दा पनि कम रहेका बेला पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेलाई डे’ङ्गु र टा’इफाइड भएको बताइएको छ।
आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बि’रामी रहेको जानकारी दिए। उनका अनुसार आले नर्भिक अस्पतालमा उप’चाररत छन्। २०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका प्रेम आले फेरि डोटीबाटै उठ्ने भएका छन् ।
सुदूरपश्चिम सभापति समेत रहेका कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएपछि आलेको बाटो सहज भएको छ ।अघिल्लो स्थानका आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए । स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए ।
यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् ।‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने ।
आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा। लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।
गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । हाल भट्ट एमालेमा छन् ।