क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन खासै राम्रो हुन सकको छैन। उनी म्यानचेस्टर युनाइटेडको सुरुवाती ११ मा स्थान बनाउँन संघर्ष गर्दै गर्दा पूर्व म्याड्रिड स्ट्राइकरले पोर्चुगलसँग पनि उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन्।
नेसन्स लिगमा चेक गणतन्त्रसँगको शनिबारको भिडन्तमा, रोनाल्डो हेडरको लागि जाँदा गोलरक्षक टोमस भाक्लिकसँग ठोक्किन पुगे, जसपछि उनी तुरुन्तै र’ग-त्ता-म्मे अनुहारका साथ पीडाले भुइँमा लड्न पुगे। सबै भन्दा राम्रो भाग? क्रिस्टियानो रोनाल्डोले नाकमा मलम पट्टि गरेर पूरा ९० मिनेट खेले र पोर्चुगल उक्त खेलमा ४–० ले विजयी भयो। उनले अन्तिम गोलमा पनि असिस्ट गरे। यसले क्रिस्टियानो साँच्चै कति कडा छन् भन्ने देखाउँछ।
सिम्वो रंगाला प्राहामा शनिबार राति भएको खेलको ३३औं मिनेटमा डिएगो डालोटको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिन सफल भयो। उनले राफायल लियोको पासमा गोल गर्न सफल भए।
पहिलो हाफको थप गरिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा ब्रुनो फनाएन्डेसले मारियो रुइको पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएपनि प्याट्रिक सिक चुक्दा अन्तर कम गर्नबाट चुक्यो।
५२औ मिनेटमा डिएगो डालोटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पोर्चुगल सहज जिततर्फ अग्रसर बन्यो। उनले ब्रुनोको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि परिवर्तित खेलाडी डिएगो जोटाले कप्तान क्रिष्टियानो रोनाल्डोको पासमा गोल गर्दै पोर्चुगललाई शानदार जित दिलाए।
यस जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ। स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ।
https://twitter.com/Bzrsports/status/1573750366306435075?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1573750366306435075%7Ctwgr%5E042fb96ad65659d122ddbab02068947c8759c810%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fbigulnews.tv%2Findex%2F2022%2F09%2F25%2F22810%2F