Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रहरीको कुटाईबाट धरानका प्रविणको खुट्टाको हड्डी फुट्यो, उपचार खर्च प्रहरीले नै ब्यहोर्ने

Posted on September 26, 2022

धरानः स्थानीय र प्रहरी कुटाईबाट घाईते बनेका प्रविण गुरुङको प्रहरीले नै उपचार गर्ने भएको छ । घाइते गुरुङको खुट्टाको हड्डी फुटेको छ ।

बुधबार राती स्थानीय तुलाराम श्रेष्ठसहितले कुटपिट गरी गुरुङलाई प्रहरी अस्थाई प्रहरी पोष्ट बरगाछीमा जिम्मा लगाएका थिए । चोरीको आरोप लगाउँदै प्रहरी जिम्मा लगाए गुरुङको विषयमा छानविन गरी सत्यतत्य पत्ता नलगाई प्रहरीले निर्धात कुटपिट गरी घाइते बनाएका थिए ।

शुक्रबार घाइते गुरुङका बुवा पुष्प गुरुङले इलाका प्रहरी कार्यालय अस्थाई प्रहरी चौकीका इन्चार्ज समेत रहेका सहायक प्रहरी हवल्दार राम विलास राजवंशी, एकिन दर्जा नभएका प्रहरी अनिल बस्नेत र धरान ८ का स्थानीय तुलाराम श्रेष्ठविरुद्ध उजुरी दिन इलाका प्रहरी कार्यालय पुगेका थिए । सो उजुरी भने दर्ता गरेको छैन् ।

बुबा पुष्पले प्रविणलाई प्रहरीले मादक पदार्थ सेवन गरेर नै कुटपिट गरेको आशंका गरेका छन् । घाईते गुरुङको शरिर भरी निलडाम छ । शनिबार छलफल पश्चात घाईते गुरुङलाई बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको बुवा पुष्पले जानकारी दिए ।

उनका अनुसार प्रहरीले कुटाईबाट प्रविणको खुट्टा फुटेको छ । उनले भने, ‘एक्सरेमा खुट्टाको हड्डी फुटेको देखिएको छ ।’ उनले इलाका प्रहरी कार्यालय धरानमा छलफल गर्दा कुटपिट गर्ने प्रहरीले नै उपचार खर्च ब्यहोर्ने भनेपछि उपचारका लागि प्रतिष्ठान लगेको बताए ।

इलका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्ने बताएपछि उपचारका लागि वीपी ल्याएको बुबा पुष्पले बताए । उनले छलफलमा प्रहरीले खुट्टामा कुटेको स्वीकार गरेको बताए । डीएसपी श्रेष्ठले कुटपिटमा संलग्न प्रहरीलाई कारबाही सुरु भइसकेको बताए ।

यसरी कुटिए प्रविण

मङंगलबार तुलाराम श्रेष्ठको धरान ८ गुँरास चोकको ग्रिल पसलमा चोरी भयो । श्रेष्ठका अनुसार छिमेकी चौकीदारको ३ सय रुपैयाँसहित पाइन्ट हरायो । चोरी भएको समान भोलीपल्ट नजिकै भेटिएपछि चोर समान ल्याउन आउछ भनेर चौकीदार बसेको तुलारामले बताए । बुधबार राती करिब साढे १२ बजे राती २५ वर्षीय प्रविण गुरूङ हिड्दै गुँरास चोकतिर आए । चोकतिर आउँदै गरेको बेला कुनै आधार प्रमाणबिना गुरुङले नै चोरी गरेको आशकामा कुटपिट गरे । कुटपिटकै कारणले मुखबाट रगतमसेत आएको प्रविणका बुवा पुष्प गुरुङले बताए ।

ग्रिल सञ्चालक तुलाराम श्रेष्ठले सुरुमा आफूहरुले कुटपिट नगरेको दावी गरेपनि पछि एकदुई झ्यापट लगाएको स्वीकार गरे । २५ वर्षीय गुरुङको बोधो दिमाग रहेको छ । उनलाई ग्रिल सञ्चालक श्रेष्ठसहितले कुटपिट गरी इलाका प्रहरी कार्यालय धरानको माताहातमा रहेको अस्थाई प्रहरी पोष्ट बरागाछीमा जिम्मा लगाएको श्रेष्ठले बताए । उनले भने, ‘सामान्य एकदुई झ्यापड लगाएको हो । त्यस्तो साह्रो कुटेको होइन ।’ अस्थाई प्रहरी चौकीका इन्चार्ज समेत रहेका सहायक प्रहरी हवल्दार राम विलास राजवंशी र एकिन दर्जा नभएका प्रहरी अनिल बस्नेतले चोरी भएको होइन? प्रविण गुरुङले नै चोरेको हो, होइन अनुसन्धान नगरी मरणासन्न हुने गरी कुटपिट गरेको प्रविण बुवा पुष्पको दावी छ । उनले भने, ‘प्रहरीले अनुसन्धान गर्ने की मर्नेगरी कुटपिट गर्ने?’ कुटपिट गरी घाइते बनाएर रातको करिब १ बजे हत्कडी लगाएर छोरालाई ल्याएको बताए । उनले छोरालाई उदृत गर्दै २ प्रहरीले पन्ध्रपन्ध्र पटक पैताला हानेको बताएका छन् ।

उनले भने, ‘खुट्टा माथि सुनिएको छ । छोराविरुद्ध जाहेरीपनि दिएको छैन । उपचारका लागि बीपी लान आटेको थिए । पक्राउ गरेर प्रहरी लियो ।’ पुष्पले सहायक प्रहरी हवल्दार राम विलास राजवंशीले आफूलाई जे हुनु भइगयो मिडियामा नजान आग्रह गरेको बताए । ग्रिल सञ्चालक श्रेष्ठको १४ हजार रुपैया प्रतिगोटा पर्ने २ वटा ड्रिल मेसिन चोरी भएको बताए । पुष्प गुरुङले सिसि टिभी फुटेजमा भएको मानिस स्थानीय पहिचान गर्न सक्ने बताए ।

Post Views: 25

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme