Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

डाक्टर बन्न काठमाण्डौ गएका प्रमोद खरेल यसरि बनेका रहेछन गायक….

Posted on September 26, 2022

काठमाण्डौ :- प्रमोद खरेल सायद यो नाम ससुन्ने कमै होलान् । साना-साना देखि वृद्धहरुले पनि उनको नाम सुनेकै छन् । प्रमोद खरेल नेपाली संगीत क्षेत्रका जल्दाबल्दा गायक हुन् । उनले एकपछि अर्को हिट गीत दिँदै आएका छन् ।

अहिले उनी भ्वाईस अफ नेपालको जज पनि छन् । भ्वाइसको तिनै सिजनमा जज बसेका प्रमोदको पढाइ पनि राम्रो छ । भ्वाईसमा उनको बोल्ने शैले, जस्तो छ त्यस्तै कमेन्ट गर्न सक्ने क्षमता सबैले मन पराउछन । अघिल्लो सिजनमा उनकै टिमले भ्वाईसको उपाधी जितेको थियो ।

उनका बुबा, आमा दुबै शिक्षक हुन् । बाले पढाउने स्कुल घरभन्दा केही पर थियो भने आमाले पढाउने घर नजिकै । उनी आमासँगै स्कुल जान्थे र आमासँगै फर्किन्थे । उनी बाल्यकालमा आमासँगै बढि नजिक भएँ ।’

पढाईमा निकै तेज उनले एसएलसीमा जिल्ला टप गरेका थिए । स्कुल पढ्दा कहिल्यै गीत गाएनन्, मात्रै अरुले गाएको सुने । उनले गीत गाउन थालेको एसएलसी पास भएपछि मात्र हो ।

खरेलको जन्म वि.सं २०३७ साल कार्तिक १० मा बुवा बलभद्र खरेल र आमा विष्णु शर्मा खरेलको पहिलो सन्तानको रूपमा भएको थियो। उनी अहिले ४१ बर्षका भएका छन ।

आमाका निकै आज्ञाकारी छोरा थिए प्रमोद । आमाले किचनमा काम गर्दा उनी किताब बोकेर आमाकै छेउमा पुग्थे । स्कुलमा पनि ज्ञानी विद्यार्थी थिए । चकचक गर्दैनथे । कहिल्यै कुनै शिक्षकवाट सजाय भोग्नु परेन । घरमा उनलाई ‘प्रमोद बाबु’ भनेर बोलाउँथे सबैले । स्कुलमा पनि त्यही नाम थियो ।

जब कक्षा ६ मा पुगे, उनलाई नामको पछाडी बाबु शब्द मन परेन । कक्षा ६ मा पढ्दा हाजीरी गराउने शिक्षकलाई भने, ‘सर, मेरो नामको पछाडीको बाबु काट्दिनुस् न ।’ शिक्षकले सरक्क नाम काटिदिए । त्यसपछि उनी प्रमोद मात्रै भए ।

उनको स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । गीत संगीतका धेरै कार्यक्रम हुन्थे । तर, कहिल्यै सहभागी भएनन् । उनको दिमागमा ठूलो भएपछि डाक्टर बन्नुपर्छ भन्ने परेको थियो । त्यसकारण संगीतमा ध्यानै दिएनन् । नगाए पनि रुची भने अत्यधिक थियो संगीतप्रति ।

नारायण गोपालको फ्यान प्रमोद भारतका मोहम्मद रफी, किशोर कुमार, कुमार सानुलगायतका गीत सुन्थे । उनको घर भारतको बोर्डर साइड (झापा)मा भएकाले पनि हिन्दी गीतको बढि प्रभाव थियो । घरमा रेडियो थियो तर, रेडियोमा सबै समय गीत आउदैन थियो । त्यस्तो अवस्थामा बजारवाट क्यासेटको चक्का किनेर ल्याएर सुन्थे ।

उनको मामाघर सिक्किम । मामाघर पुग्न पुरै एक दिन लाग्थ्यो । ठुलै साइत नजुराई मामा घर जान सम्भव थिएन । दुई-तीन वर्ष बिराएर दसैंमा पुग्थे । परिक्षा सकिएपछि एक महिना छुट्टी हुन्थ्यो । त्यो वेलामा आफन्तकोमा जाने चलन थियो ।

फेसनको मामलामा पनि उनी निकै सिधा थिए । मलाई यो चाहियो कहिल्यै भनेनन् । घरमा बा-आमाले जे ल्याइदिन्थे त्यहि लगाउँथे । प्राय नयाँ लुगा दसैं र परिक्षा सकिएको बेला किन्ने चलन थियो । जुत्ता जरुरी थिएन । चप्पलमै चलेको थियो स्कुले जिन्दगी ।

साइकलका सौखिन थिए । एक दिन बाले सोधे, ‘साइकल किनिदिउँ ?’ प्रमोद आफैंले सर्त राखे ‘आठ कक्षामा स्कुल टप गरेँ भने किन्दिनु ।’ नभन्दै आठ कक्षा स्कुल टप गरे ।

अनि बाबाले साइकल किनिदिए । ७ कक्षासम्म आमाले पढाउने स्कुल पढेका प्रमोद ८ कक्षापछि भने बाबाले पढाउने स्कुलमा भर्ना भए । एसएलसीमा जिल्ला टप गरे । उनले सोचे अब डाक्टर बन्नुपर्छ । एडभान्स कोर्स गर्नका लागि काठमाडौ आए ।

एमबीबीएसको परिक्षा पनि दिए तर, नाम निस्केन । त्यही बेला काठमाडौंमा एफएमको बाढी सुरु भएको थियो । प्राय सबै एफएमले गीत संगीतलाई उच्च प्राथमिकता दिन्थे ।

काठमाडौ आएको दुई वर्षमा उनी यसरी संगीतमा भिजे, डाक्टर बन्न काठमाडौ आएको केटो कुशल गायकको रुपमा स्थापित भयो । यस्तै उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए। उनले विगतमा पिरामिड कलेज र ह्वाइट गोल्ड कलेजमा प्रवक्ताको रूपमा काम पनि गरे ।

Post Views: 40

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme