Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

पानीले भरिएको गुफामा कैयौं दिनसम्म फसेर बाँचेका यी बालककाे दुःखद निधन

Posted on February 19, 2023

काठमाडौँ : थाइल्याण्डको एउटा गुफामा सन् २०१८ मा १२ बालबालिका फसेका थिए । संसारभरका गोताखोर र उद्धारकर्मीहरू यी बालबालिकालाई बचाउनअगाडि आए। जब यी १२ बालबालिका सकुशल गुफाबाट बाहिर निस्किए, कतिपयले यसलाई चमत्कारका रूपमा लिए र बच्चाहरू बाँचेको खुशी मनाए। तर अब, झण्डै पाँच वर्षपछि, यी १२ बालबालिकामध्ये एक डुआङ्पेच प्रोम्थेपको मृ’त्यु भएको छ।

प्रोम्थेपको बेलायतमा नि’धन भएको हो । गत वर्ष मात्र प्रोमथेप बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए । प्रमथेप प्रशिक्षकसँगै थाइल्याण्डको गुफामा फसेको फुटबल टोलीका कप्तान थिए । उद्धार टोली यी बालबालिकालाई बचाउन गुफाभित्र पसेपछि टर्च बाल्दा प्रम्थेपको अनुहार देखिएको थियो । यो तस्बिर त्यो घ’टनाको एउटा यादगार तस्बिर थियो । प्रोम्थेपको मृ’त्युको कारण भने खुल्न सकेको छैन । यो मृ’त्युलाई अहिले शंकास्पद आँखाले नदेखेको प्रहरीले जनाएको छ ।

थाइल्याण्डमा प्रकाशित केही रिपोर्टमा प्रोमथेपको टाउकोमा चोट लागेको बताइएको छ । प्रम्थेपलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । गत वर्ष अगस्टमा, प्रोमथेपले इन्स्टाग्राममा सेयर गरे कि उनी बेलायतको फुटबल एकेडेमीमा भर्ना भएका थिए र छात्रवृत्ति पाएका थिए। प्रोम्थेपका साथीहरू खुसी थिए। त्यसपछि प्रोम्थेपले लेखे – आज मेरो सपना साकार भएको छ । तर ६ महिनापछि मात्रै यो सपना बिचमै टुट्यो र प्रोमथेपले संसार छोडे ।

Post Views: 276

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme